जुवातास खेल्नेहरु धमाधम पक्राउ : को-को परे ?

57 Hits

काठमाडौं, ४ मंसिर
नेपाल प्रहरीले जुवातास र कौडा खेल्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ यस क्रममा काठमाडौं महानगरपालिका(१६ स्थित बालाजु बस्ने धादिङ बसेरीका ३५ वर्षीय देव गुरुङ र ३० वर्षीय धनबहादुर गुरुङलाई १२ वटा कौडा र नगद ८० हजार रुपैयाँ सहित पक्रा परेका छन् । उनीहरुलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बा।६१ प ७१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक देव र स्कुटरमा सवार धनबहादुरलाई उक्त कौडा र नगद सहित बालाजु चोकमा फेला पारी पक्राउ गरेको हो । साथै अन्य ६ जनालाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी टोखा नगरपालिका(८ गैरीगाउँ बस्ने ४२ वर्षीय जिवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जिवनबहादुर समेत १५ जनालाई कौडा १ सेट ९१६ वटा०, १ बुक तास र नगद ७ लाख १५ हजार ४ सय रुपैयाँ सहित पक्राउ गरिएको छ ।

उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको र आवश्यक कार्वाहीको लागि अदालतमा लैजाने जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी