आज कलंकी नागढुंगा क्षेत्रमा विद्युद्ध अवरुद्ध

40 Hits

काठमाडौँ, ४ मङ्सिर ।
सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुनेछ ।

यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ । रासस

Loading...

Related News

राजधानीमै १ सय विद्यार्थीलाई बाँडियो शैक्षिक सामग्री

काठमाडौं, मंसिर- आफूलाई पढनको लागि खर्च पुर्याउन नसकीरहेका बेला कसैले अध्ययन सामग्री सित्तैमा दिएमा कत्तिको खुशी छाउँछ होला ? हो…

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद मंसिर १९ सम्म थपीयो

काठमाडौँ, १५ मंसिर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी