विराटनगर पुगेर देउवाले भने-‘कोइराला परिवारसँग कुनै विवाद छैन’

126 Hits

विराटागर, ४ मङ्सिर
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।

कोइराला परिवारका तीन नेता एक भएपछि आएको देश व्यापी तरंगलाई थामथुम पार्दै नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा देउवाले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए।

कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने तर्क देउवाको छ ।
प्रतिपक्षको रुपमा काङ्ग्रेसले राम्रो भुमिका खेल्न नसकेको टिप्०ाी आइरहेका बेला सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।

उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने बताए। सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरे ।

Loading...

Related News

कांग्रेसले बनायो छायाँ सरकार : देउवा प्रधान, बडु गृह, गगन बने शिक्षा मन्त्री

काठमाडौं, ६ जेठ । लामो समय सम्म सत्ताको बागडोर सम्हालेको प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी…

पार्टीलाई हराउन लागेकाहरू नै मेरा विरूद्व लागे – देउवा

काठमाडौं , ४ जेठ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गर्नु भएको छ । सभापति…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी