लार्के पास पर्यटन रुट प्रदेश सरकारकाे जिम्मा : गुरुङ

44 Hits

गाेर्खा, ३ मंसिर –

गण्डकी प्रदेशका आर्थिक, मामिला , तथा योजना मन्त्री किरण गुरुङले लार्के पास पर्यटन रूटकाे निर्माणका लागि प्रदेश सरकारले सहयाेग गर्ने बताएका छन् ।

धार्च गाउँपालिका वडा न ४ मा तमु कोइपो भबनकाे सिलान्यास कार्यक्रममा उनले साे बताएका हुन् । गुरूङको प्रमुख आथित्यता मा भएको कार्यक्रमा धार्चगाउँ पालिका वडा न ४ का अध्यक्ष राज गुरुङ को अध्यक्षता रहेको थियो भने बारपाक सुलिकोट गाउॅपालिका अध्यक्ष बिष्णु भट्ट ,को विशेष आथित्यता रहेको थियो भने (नेकपा) जिल्ला नेता यादव बस्नेत, बारपाक सुलिकोट गाउँ पालिका वडा न १ का वडा अध्यक्ष रोसन बि. क २ का अध्यक्ष लाल ब गुरुङको पनि उपस्थिति रहेको थियो ।

उक्त भबन बनाउनुको उद्स्य भनेको भुक्मप पछि लाप्राकको सस्कार , सँस्कृति  हराउँदै गएकोले संरक्षण गर्न उदेश्यले भबन निर्माण गर्न लागिएको धार्चे गाउँ पालिका ४ का वडा अध्यक्ष राज गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रममा  बोल्दै मन्त्री गुरुङले  लाप्राकमा एनआरएन्ले बनाउन लागेको नमूना बस्ती बनाउनमा  गरेको ढिलासुस्तीप्रती आपत्ति व्यक्त गर्दै  स्वारा हुँदै धार्च लाप्राकको गुप्सीपाखा हुँदै लार्के पास प्रयट्न रुटको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  भने लाप्राकमा बस्ती निर्माणको लागि काठको समस्या भएको हुँदा माताङ सामुदायिक बनसँग काठ उपल्बध गराउनको लागि पहल गर्ने पनि बताएका थिए |

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी