अाज प्रकाश दाहाल स्मृति दिवस : यस्ता थिए प्रकाश (जिवनी)

82 Hits

काठमाडौं, ३ मंसिर –

अाज २०७५ साल मंसिर ३ गते । अाजकै दिन अाफ्नाे अमुल्य जीवन गुमाउन बाध्य व्यक्तिहरूमध्ये प्रकाश दाहाल एक हुन् । गत वर्ष अर्थात २०७४ मंसिर ३ गते हृदयघातका कारण अल्पायुमै दिवंगत भएका प्रकाश दाहाल पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र  तथा तत्कालीन नेकपा माअाेवादी केन्द्रका पाेलिट्व्युराे सदस्य समेत रहेका अत्यन्तै उर्जाशील र प्रविधिमा निपुर्ण युवा नेता हुन्  । उनकाे लाजिम्पाटस्थित निवासमा हृदयघात भएकाे थियाे ।

अाज प्रकाश दाहालकाे प्रथम स्मृति दिवस विविध कार्यक्रम सहित देशभर मनाईदैछ । उनको सम्झनामा खुमलटारस्थित दाहाल निवासमा विशेष कार्यक्रम अायाेजना गरिएकाे छ । भने देशव्यापी रूपमा दिप प्रज्वलन, रक्तदान, खेलकुद प्रतियोगिता अादि कार्यक्रम अायाेजना गरिएका छन् ।

अाज प्रकाश दाहालकाे स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ तथा स्मारिका पनि विमाेचन गर्ने कार्यक्रम रहेकाे छ ।

यस्ता थिए प्रकाश (जिवनी)

बाल्यकाल
साकार दाहाल क ‘प्रकाश’को जन्म वि।सं। २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिन चितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।

हजुरबुवा मुक्तिराम दाहालको परिवार वि।सं। २०१९ सालमा कास्कीको ढिकुरपोखरीको लेवाडेबाट बसाई सरी शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गीय आर्थिक धरातल थियो । चितवनमा भएको अढाई बिघा जमिनमा कृषि गरेर परिवार पालिन्थ्यो ।

जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालीन चौथों महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भूमिगत राजनीतिमा हेलिएका थिए । आर्थिक अवस्था दयनीय थियो । राजनीतिक र आर्थिक असुरक्षाका बीच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भूमिगत राजनीतिका कारण तीन छोरा र एक छोरा प्रकाशको लालनपालन र शिक्षादीक्षा आमा सीताकै मूख्य जिम्मेवारीमा आयो ।

प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्की स्वाभावका थिए । आफूलाई जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति ईश्र्या बिल्कूलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वाभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनी उत्सुक भइहाल्थे । त्यही उत्सुकताका कारण बाल्य कालमा पनि सबैका प्रिय थिए प्रकाश ।

प्रकाश सानैदेखि निकै असल र मिलनसार स्वाभावका थिए । आमा सीता दाहाल भन्छिन्, ‘‘सानैमा असाध्यै असल थियो प्रकाश । ‘नगर बाबू’ भन्नेबित्तिकै सबै कुरा मानिहाल्थ्यो ।’’शिवनगरका उनका दौंतरीभन्दा प्रकाश ज्यादा नै सरल थिए, जोसँग पनि घुलमिल भइहाल्थे । सरल स्वाभाव र आज्ञाकारिता नै सबैले प्रकाशलाई गर्ने ‘विशेष माया’को मूख्य कारण थियो । भीमसेननगरका आम मान्छेका लागि एक रोमाञ्चक बालक थिए प्रकाश दाहाल ।

प्रकाश जन्मेको करीब पाँच वर्षपछि प्रचण्ड परिवार चितवनकै नारायणगढको क्षेत्रपुरमा बसाई स¥यो । वि।सं। २०४३ सालमा प्रकाश नारायणगढको श्री बालकुमारी प्राथमिक विद्यालयमा भर्ना भए । उनीसँगै पढ्थिन् दिदी गङ्गा दाहाल । प्रकाशको पढाइ मध्यमस्तरको थियो । तर, स्मरण शक्ति चाहिँ बेजोड नै थियो । सानोमा नयाँ कपडा लगाउनै मान्दैनथे प्रकाश । दिदी गङ्गा भन्छिन्, ‘‘नयाँ लुगा लगाइदियो कि निकालेर फालिहाल्थ्यो । भाइ कहिले ठूलो होला र नयाँ लुगा लगाउला भन्ने कल्पना गर्थें म ।’’

सानोमा छिमेककीकृष्णकुमारी पौडेलले प्रकाशको हेरचाह गरेकी थिइन् । वि।सं। २०२६ सालमा बाग्लुङबाट शिवनगर झरेको कृष्णकुमारीको परिवार नजिकका छिमेकी थिए । श्रीमान् भूमिगत राजनीतिमा भएको र तीन साना छोरी भएका कारण सीता एक्लैलाई प्रकाशको स्याहार गर्न मुस्किल पथ्र्यो । नजिक हुँदै जाँदा प्रचण्ड परिवारले आफ्नी सानिमासँग कृष्णकुमारीलाई ‘सैनी’ लगाइदिएका थिए । सानिमासँग ‘सैनी’ लगाएका कारण प्रचण्ड, सीता, प्रकाश सबैले कृष्णकुमारीलाई ‘सानीआमा’ भन्थे ।

सानिआमा (कृष्णकुमारी) भन्छिन्, ‘‘हामी छिमेकी थियौं । श्रीमान् भूमिगत, घरमा चारवटा बच्चा, खेती–किसानी, मेलापात, सीतालाई धेरै दुख थियो । अनि, प्रकाशलाई सानैदेखि मैले नै हुर्काएँ । गोरो अनुहार, सानैदेखि साह्रै प्यारो, निकै ‘शोभासिलो’ थियो प्रकाश । सानोमा एकदमै बिरामी हुन्थ्यो ऊ । सीता प्रकाशलाई बोकेर भरतपुरका अस्पतालमा दौडिरहनुहुन्थ्यो । म राति सधैं सुत्न प्रकाशकोमा जान्थें । जतिसुकै रोएको भए पनि मलाई देखेपछि फुलिन्थ्यो ऊ ।’’
प्रकाशलाई सानैदेखि नयाँ–नयाँ कुरामा रुचि हुन्थ्यो । त्यो बेला शिवनगरमा बयलगाडा चल्थ्यो । प्रकाशलाई बयलगाडा औधी मन पथ्र्यो । उनको साहस देखेर गाउँभरिका बच्चा प्रकाशको वरिपरि झुम्मिन्थे । साइकल चलाउन पनि उनी औधी मन पराउँथे । साइकल भेट्यो कि लिएर कुदिहाल्थे । बाल्यकाल सम्झँदै दिदी गङ्गा भन्छिन्, ‘‘भाइलाई साइकल एकदमै मन पथ्र्यो । बिडम्वना, हामीसँग भाइलाई साइकल किन्दिने औकात थिएन त्यति बेला ।’’

प्रकाश मिजासिलो र दयालु मात्र थिएनन्, हठी पनि थिए । उनी जे बोल्थे, सत्य बोल्थे, कुनै पनि कुरा ढाँट्न जान्दैनथे । तर, आफूले भनेको कुरा जसरी पनि चाहिन्थ्यो । प्रकाशको बालपनबारे कृष्णकुमारी भन्छिन्, ‘‘भनेको कुरा चाहिन्थ्यो उसलाई । हाम्रो घरमा सेतो बिरालो थियो, प्रकाश रोयो भने हामी भन्थ्यौं, ‘नरोऊ बाबू १ यस्तै ‘अम्रिकन बिरालो’ ल्याइदिउँला’, त्यसपछि ऊ क्षणभरमै फकिन्थ्यो ।’’

शिक्षा-दीक्षा
बालकुमारी प्रा।वि।मा कक्षा ३ सम्म पढेपछि २०४७ सालको चैतमा अध्ययनका लागि उनी काठमाडौं आए । उनको साथमा थिइन् दिदी गङ्गा दाहाल । प्रकाशले कक्षा ४ देखि ८ सम्म पाटनको श्री शान्ति माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यो बेला उनी निकै शान्त स्वाभावका थिए । निम्न माध्यमिक तहको अध्ययनका क्रममा पनि उनी मध्यम खालकै विद्यार्थीमा गनिन्थे । तर, उनको कौतुहलता र ईच्छाशक्ति चाहिँ बेजोड । उनले एकपटक पढेको कुरा कमै बिर्सन्थे ।

वि।सं। २०५२ साल फागुन १ गते ने।क।पा। ९माओवादी० ले दीर्घकालीन जनयुद्धको घोषणा गर्यो, जतिबेला प्रकाश १४ वर्षका मात्र थिए । पिता प्रचण्ड पार्टीका महामन्त्री र जनयुद्धका कमाण्डर भएका कारण प्रकाश पनि राज्यको निगरानीमा थिए । त्यो बेला अध्ययन त परकै विषय रह्यो, प्रचण्ड परिवारको सामान्य सुरक्षाको विषय पनि निकै चुनौतिपूर्ण थियो । चितवन वा काठमाडौं बस्नु जानीजानी ‘मृत्युको गौंडो’ कुर्नु हुन जान्थ्यो ।

यसै सन्दर्भमा उनलाई चितवनकै नेता दीपेन्द्र ९दण्डपाणि न्यौपाने० ले पञ्जाव पुर्याएका थिए । राजनीतिक र सामाजिक असुरक्षाका कारण त्यतिबेला दिदीहरुको विवाह भइसकेको थियो । प्रकाश दिदी रेनुको संरक्षणमा रहेर पञ्जावको जलन्धरमा अध्ययन गर्न थाले । त्यतिबेला बुवा प्रचण्ड र आमा सीता नेपाल र भारतका स्थानमा बसेर जनयुद्धको नेतृत्व गर्थे । मुस्किलले कहिलेकाहीँ मात्र प्रकाशको बुवाआमासँग भेट हुन्थ्यो ।

वि।सं। २०५७ सम्म आइपुग्दा प्रकाशले १०ं२ उत्तीर्ण गरिसकेका थिए । प्रचण्डसामू २ बिकल्प थिए, १। स्नातकमा भर्ना गर्ने र, २। आफूसँग ‘होलटाइमर’ बनाउने । प्रचण्डले दोस्रो बिकल्प रोजे । १०ं२ उत्तीर्ण गरेलगत्तै प्रकाश अध्यक्षको सचिवालयमा रहेर सहयोगीको भूमिका खेल्न थाले । २०५७÷२०५८ कै अवधिमा अध्यक्ष प्रचण्ड भूमिगत रुपमै रोल्पा–रुकुमका बस्तीहरुबाट जनयुद्धको नेतृत्व गर्न थाले, जतिबेला प्रकाश प्रचण्डसँगै हुन्थे । जनमुक्ति सेनाको आधारभूत तालीम लिएका प्रकाशलाई पार्टी र जनसेनाको निर्णय अनुसार नै हेर्डक्वार्टरको सुरक्षामा खटाइएको थियो ।

पार्टीका वरिष्ठ नेताहरुकै छोराछोरी विदेशी कलेजहरुमा उच्च शिक्षा हासिल गरिरहेका थिए । प्रचण्डले चाहेको भए प्रकाशले त्यो सुविधा सहजै प्राप्त गर्न सक्दथे । तर, अध्यक्ष प्रचण्डले छोरालाई युद्धको मोर्चामा होमे । यसरी प्रकाशको औपचारिक शिक्षामा पूर्णविराम लाग्यो । उनी मुक्ति वा मृत्युको सङ्कल्पसहित अध्यक्षको सारथि भएर युद्धमोर्चामा होमिए ।
प्रकाश दाहालको निधनपछि आयोजित शोक वक्तव्यमा प्रचण्डले लेखेका छन्, ‘‘म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए ।

सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाई लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।’’

राजनीतिक जीवन 
प्रकाशको राजनीतिक जीवन अध्यक्ष प्रचण्डको सचिवालयको जिम्मेवारीबाट प्रारम्भ भयो । उनले अध्यक्षको सचिवालयमा स्टाफको रुपमा काम गर्न थाले । जनयुद्धको आधार इलाका रोल्पा–रुकुमका बस्तीहरुमा प्रकाशको दैनिकी बित्न थाल्यो । उनले अध्यक्षको सूचना व्यवस्थापन, सचिवालय र सुरक्षा घेरामा रहेर काम गरे । सानैदेखि प्रकाश निर्भिक स्वाभावका थिए, साथै जिज्ञासु पनि । त्यही बेला उनले सूचना–प्रविधि र फौजी ज्ञान हासिल गरे । उनलाई सामान्य भरुवा बन्दुकदेखि एके–४७ सम्मका साना–ठूला सबै हतियार चलाउन आउथ्यो । जनयुद्ध कालमा प्रकाशले जनमुक्ति सेनाको साथमा रहेर अध्यक्षको सुरक्षाको जिम्मेवारी लिए । उनीबाट धेरै सहयोद्धाले प्रविधि र हतियारसम्बन्धि तालीम पनि लिए ।

२०७२ मंसीर ७ गते तात्कालीन माओवादी र सात राजनीतिक दलबीच १२ बुंदे सम्झौतामा हस्ताक्षर भयो । २०६२-०६३ को जनआन्दोलनपछि थप सम्वादको प्रक्रिया अघि बढ्यो । लोकतन्त्रको स्थापनापछि सरकार–माओवादी वार्ताका लागि वातावरण बन्यो । तात्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला प्रचण्डलाई बालुवाटार ल्याउन हेलिकोप्टर लिएर सिकलेस पुगे । लगत्तै प्रचण्ड काठमाडौं आए । २०६३ असार २ गते सरकार र माओवादीबीच ८ बुंदे सम्झौता भयो । त्यही राति पत्रकार सम्मेलन गरेर प्रचण्ड पहिलोपटक सार्वजनिक भए, जतिबेला प्रकाश दाहाल अध्यक्ष प्रचण्डसँगै थिए ।

खुला राजनीतिमा आएपछि पनि प्रकाश अध्यक्ष प्रचण्डकै सचिवालयमा रहेर काम गर्न थाले । २०६४ साल चैत्र २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो । प्रकाश अध्यक्षकै स्टाफका रुपमा देशव्यापी चुनावी सभाहरुमा दौडिए । शान्ति काल भए पनि प्रचण्डको सुरक्षा चुनौति निकै उच्च थियो । उनी पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परिरहन्थे । त्यसबेला प्रकाश आफै अध्यक्षको सुरक्षामा खटिन्थे । सुरक्षामा खटिएका प्रहरीका अधिकृत र जवानहरुलाई अध्यक्षको सुरक्षा चुनौति, सम्भावित जोखिम र त्यसको नियन्त्रणका उपायबारे सुझाउँथे ।

पहिलो संविधान सभामा नेकपा ९माओवादी० पहिलो पार्टी बन्यो । निर्वाचनको तीन महिनापछि २०६५ श्रावणमापार्टी अध्यक्ष प्रचण्ड नेपालको ३३ औं प्रधानमन्त्रीमा निर्वाचित भए । प्रचण्डको यो ‘सत्ता जिम्मेवारी’को पहिलो अनुभव थियो । प्रकाश पनि प्रचण्डसँगै स्वकीय सचिवको रुपमा बालुवाटार छिरे । पहिलो कार्याकाल प्रचण्डकै लागि नयाँ थियो, पार्टीभित्र र बाहिर निकै पेचिलो राजनीतिक सङ्घर्ष चल्दै थियो, त्यसमा प्रकाशले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई नजिकबाट सघाए ।

वि।सं। २०६६ वैशाखमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रकाश अध्यक्षसँगै रहेर काम गरे । राजनीतिक परिस्थिति निकै पेचिलो थियो । माओवादीले उठाएको शान्ति र संविधानको राजनीतिक कार्यदिशामा आम सहमति भए पनि यसको मोडेल र अन्तर्वस्तुबारे दलहरुबीच ठूलै विवाद थियो । त्यसै क्रममा युवा नेृता कृष्ण केसीको टोलीले शान्ति र संविधानका लागि देशव्यायी दवाव अभियान चलाउने निर्णय ग¥यो । ‘लुम्बिनी–सगरमाथा अभियान’को नामबाट सगरमाथा आरोहणको योजना बन्यो ।

विसं २०६९ सालको जेठ महिनामा कृष्ण केसी नेतृत्वको टोलीले सगरमाथाको सफल आरोहण ग¥यो । टोलीमा प्रकाश दाहाल, बीना मगर लगायत १२ जना युवा नेताहरु थिए । टोलीले सगरमाथाको चुचुरोमा नेपालको झण्डा मात्र फहराएन, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष प्रचण्डको तस्वीर पनि चुचुरोमा पुर्यायो । आरोहण दलमा प्रकाशको भूमिका निकै महत्वपूर्ण थियो । उनको साहस र लक्ष्यप्रतिको दृढताले ‘आरोहण दल’लाई ठूलो प्रेरणा मिल्यो । उक्त समरमाथा आरोहण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा र महत्वको विषय बन्यो ।

सगरमाथा आरोहणपछि प्रकाश दाहाल केही समय अध्यक्ष प्रचण्डको सचिवालयबाट अलग रहे । त्यसबेला उनले बाहिरी भूमिकामै रहेर प्रचण्ड सचिवालयको व्यवस्थापन गरे । केही समयपछि उनी पुनः सचिवालयमा फर्किए । त्यसपछि उनी प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री रहँदा, स्वकीय सचिवकै भूमिकामा निरन्तर सक्रिय रहे ।

वि।सं। २०७३ साल श्रावण १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए । प्रचण्ड चुनौतिसामू उभिएका थिए, एकातिर संविधान कार्यान्वयन गर्नुपर्ने, अर्कोतिर माओवादी आन्दोलनको गौरवशाली विगतलाई स्थापित गर्नुपर्ने चुनौति उनीसामू थियो । त्यो चुनौति सामना गर्न प्रचण्डले स्वकीय सचिवका रुपमा प्रकाश रोजे । प्रचण्डको १० महिने प्रधानमन्त्री कालले नेपाली इतिहासमा केही ‘मानक’ स्थापित ग¥यो, त्यो सफलताको पर्दाभित्र थिए प्रकाश दाहाल ।

वि।सं। २०७४ जेठमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । राजीनामापछि प्रचण्डको सम्पूर्ण ध्यान स्थानीय निर्वाचनमा केन्द्रित भयो । प्रकाश अध्यक्षको स्वकीय सचिवकै रुपमा रहेर निर्वाचनको तयारी र व्यवस्थापनमा जुटे । तीनै चरणका स्थानीय निर्वाचन सम्पन्न भएपछि देशमा नयाँ राजनीतिक परिस्थिति र समीकरण पैदा भयो । ने।क।पा। ९एमाले० र ने।क।पा। ९माओवादी केन्द्र० बीच चुनावी तालमेल र पार्टी एकताको प्रयत्न गरियो । वि।सं। २०७४ असोज १७ गते पार्टी एकताको सङ्कल्पसहित एमाले–माओवादीबीच चुनावी तालमेलको घोषणा भयो । यो प्रक्रियामा प्रकाश दाहालको अनुकरणीय भूमिका रह्यो ।

विवाह र परिवार

जनयुद्ध कालमा पश्चिम कमाण्डका ईन्चार्ज थिए नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ । अत्यन्तै सरल स्वाभाव, सर्वहारा आदर्शका नेता थिए उनी । प्रचण्ड र उनी जिम्मेवारीका कारण मात्र नभएर वर्गप्रतिको निष्ठा, जिम्मेवारी र आदर्शका दृष्टिले पनि एक–अर्कासँग अत्यन्तै घनिष्ठ थिए । दिल्लीमा रहँदा प्रकाश प्रचण्डको सचिवालयमा काम गर्थे, प्रभा बोगटी ‘दिवाकर’को सचिवालयमा थिइन् । यस क्रममा उनीहरुबीच सामान्य प्रेम थियो । तर, त्यति प्रगाढ भने होइन ।

प्रचण्ड र दिवाकरबीच सल्लाह भयो, ‘प्रकाश र प्रभाको बिहे गरिदिउँ ।’ प्रचण्ड र दिवाकरले उनीलाई बोलाएर कुरा गरे, दुवै जना बिहेका निम्ति मञ्जुर भए । पार्टी कमिटीले अनुमोदन गरेपछि वि।सं। २०६२ फागुन १२ गते प्रकाश दाहाल र प्रभा बोगटीबीच विवाह भयो । उक्त विवाह भूमिगत रुपमा दिल्लीमै भएको थियो । विवाहपछि पनि प्रकाश र प्रभा आ–आफ्नो पूर्ववत् जिम्मेवारीमा क्रियाशील रहे ।

प्रकाश र प्रभाको वैवाहिक जीवन भौतिक रुपले सुखद् हुन सकेन । दाम्पात्य जीवन सहज हुन नसकेपछि उनीहरु अलग हुने आपसी समझदारीमा पुगे । ने।क।पा। ९माओवादी० ले विवाह वा सम्बन्ध बिच्छेदका लागि पार्टीको स्वीकृति लिनुपर्ने मान्यता स्थापित गरेको थियो । पार्टीका हरेक नेता–कार्यकर्ता पार्टी अनुशासनलाई नै कानून ठान्थे र पार्टी पद्दतिअनुरुप नै निर्णयहरु हुन्थे । पार्टीले जे निर्णय गथ्र्यो, व्यक्तिगत जीवनमा त्यो नै अन्तिम हुन्थ्यो ।

यसै क्रममा २०६४ जेठ २२ मा प्रभा बोगटीले प्रकाशसँग सम्बन्ध बिच्छेदका लागि पार्टीमा निवेदन दिइन् । प्रभाले निवेदनमा आफूहरुबीच ‘शारीरिक सम्बन्ध नभएको र त्यसको प्रत्यक्ष असर भावनात्मक सम्बन्धमा परेको उल्लेख गर्दै सम्बन्ध बिच्छेद गरिदिन’ अनुरोध गरेकी थिइन् । त्यसै दिन प्रकाशले पनि पार्टी हेडक्वार्टरलाई सम्बोधन गर्दै ‘प्रभाको प्रस्तावमा आफूहरुबीच विवाह भएको, शारीरिक र भावनात्मक सम्बन्ध हुन नसकेको उल्लेख गर्दै आपसी समझदारीमै सम्बन्ध विच्छेद गरिदिन’ निवेदन दिएका थिए ।

प्रकाश र प्रभाबीचको समझदारी र आग्रह बमोजिम पार्टीले २०६४ जेठमा उनीहरुको औपचारिक सम्बन्ध बिच्छेद गरिदियो । सम्बन्ध बिच्छेदका बेला पनि प्रकाश र प्रभाबीच कुनै आग्रहपूर्ण कटुता थिएन । दुवैले जीवनसाथीबाट अलग भएर असल साथी बन्ने सङ्कल्प गरेका थिए । जतिञ्जेल प्रकाश जीवित रहे, त्यतिञ्जेल प्रकाश र प्रभाबीच ‘असल साथी’का रुपमा हार्दिक सम्बन्ध नै रह्यो । दुवैबीच कुराकानी भइरहन्थ्यो । उनीहरुबीच एकले अर्कालाई आदर गर्ने ‘उच्च नैतिक संस्कार’ थियो ।

सम्बन्ध बिच्छेदपछि प्रकाश निकै नै विछिप्त भए । उनले आफूलाई एक्लो महशुस गरिरहे । प्रचण्ड परिवार राजनीतिक सङ्घर्षकै भूमरिमा थियो, अध्यक्ष स्वयंले चाहेर पनि प्रकाशका लागि समय दिन सम्भव थिएन । तर, यता प्रकाश भने दिनहुँ एक्लोपनको महशुस गर्दै जान थाले । जब उनी आफूलाई एक्लो महशुस गर्थे, तब रक्सी सेवन गर्न थाले । उनको रक्सी सेवन कहिल्यै पनि नियमित र ‘लत’का रुपमा थिएन । त्यही पीडाको बेला प्रकाशविरुद्ध मीडियाहरु योजनावद्ध परिचालित भए । त्यसको एक मात्र उद्देश्य थियो, ‘प्रकाशको काँधमा बन्दुक राखेर प्रचण्डको व्यक्तित्व र माओवादी आन्दोलनमाथि प्रहार गर्नु ।’

प्रकाशको विक्षिप्तपनबाट परिवारमा पनि ‘सकस’ प¥यो । बाबूको राजनीतिक व्यस्तता थियो । यता आमा सीता भने छोराको भविष्यबारे निकै नै चिन्तित थिइन् । उनले प्रकाशको मुहारमा खुसी फर्काउने सुत्रहरुको खोजी गर्न थालिन् । परिवारले ठान्यो, ‘विवाह गर्दिए प्रकाशको मुहारमा खुसी फर्किन्छ कि रु’ सीताले माइतीहरुसँग सल्लाह गरिन् । सबैले बिहे गर्नु नै उत्तम हुने सुझाएपछि पोखरा ९हेम्जा० की सिर्जना त्रिपाठीसँग प्रकाशको विवाह भयो । यो प्रकाशको मागी विवाह थियो ।

यसअघि प्रकाशले सिर्जनालाई खास चिनेका थिएनन् । परिवारका सदस्यहरु पनि सिर्जनाको पृष्ठभूमि र पारिवारिक जीवनबारे खास जानकार थिएनन् । सीताका माइतीको सल्लाहअनुसार नै उनीहरु यो निर्णयमा पुगेका थिए । प्रकाश तत्काल विवाह गर्न ईच्छुक थिएनन् । तर, परिवारको आग्रह र दवाव उनले टार्न सकेनन् । त्यो बेला प्रकाशले भनेका थिए, ‘ठीकै छ नि त, जीवनमा एकपटक ठक्कर खाइसकें, अब आफै बिहे गर्दिनँ । तपाईहरु जसलाई भन्नुहुन्छ, उसैसँग बिहे गर्छु ।’ अन्ततः परिवारको ईच्छाअनुसार नै उनको सिर्जनासँग विवाह भयो ।

प्रकाश पूर्णतः तनावमुक्त थिएनन् । सिर्जनासँगको सम्बन्ध पनि चाहे जति सुमधुर हुन सकेन । उनीहरुबीच ‘खटपटपूर्ण’ सम्बन्ध रहिरह्यो । वि।सं। २०६९ साल मंसीर १ गते उनको पहिलो सन्तानको रुपमा प्रसिद्ध दाहालको जन्म भयो । सन्तान सुखपछि पनि प्रकाश–सिर्जनाको सम्बन्धमा हार्दिकता आउन सकेन । पिता प्रचण्ड र आमा सीताले सम्बन्ध सुधारका लागि गरेको निरन्तर प्रयासले पनि धेरै काम गरेन । त्यस्तै तनावपूर्ण परिस्थितिका बीच सिर्जना माइतीमा गएर बस्न थालिन् । परिवारले धेरै नै मेहेनत गरेपछि उनी काठमाडौं फर्किइन् । तर, त्यतिञ्जेलसम्म प्रकाश र सिर्जनाको सम्बन्ध बिच्छेदको चरणतिर गइसकेको थियो ।

सिर्जनासँग तिक्ततापूर्ण सम्बन्ध रहेकै परिस्थितिमा प्रकाश दाहाल सगरमाथा आरोहणका लागि निस्किए । सगरमाथा आरोहण लामो, कठिन र चुनौतिपूर्ण ‘मिसन’ थियो । सगरमाथा आरोहणकै क्रममा प्रकाश र बीना मगर नजिक भए । प्रकाश र बीना भावनात्मक रुपमा मात्र नजिक थिए, बिहे गर्ने कुनै मनस्थितिमा थिएनन् । सगरमाथा आरोहणबाट फर्केपछि उनी प्रकाश–सिर्जना सम्बन्धमा थप कटुता आयो । अन्ततः वि।सं। २०६९ असार २१ गते प्रकाश र बीना मगर औपचारिक रुपमा दाम्पात्य जीवनमा गाँसिए ।

बीना मगरसँग बिहे गरेपछि पार्टीले प्रकाशलाई अनुशासनको कार्वाही ग¥यो । उनी जिम्मेवारीबाट मुक्त भए । यसै क्रममा पार्टी हेर्डक्वार्टर बैठकले प्रकाश र सिर्जनाको सम्बन्ध बिच्छेद गरिदिने औपचारिक निर्णय पनि ग¥यो । पार्टी नीतिका दृष्टिले सम्बन्ध बिच्छेद भए पनि प्रकाश र सिर्जनाबीच कानूनी रुपमा सम्बन्ध बिच्छेद गर्ने प्रक्रियामै रहेका बेला प्रकाशको निधन भयो ।

भनिन्छ, ‘जीवन आकस्मिकता र अनिवार्यताको द्धन्द्धवाद हो ।’ जीवनमा केही त्यस्ता संयोग आउँछन्, जुन व्यक्तिको नीजि रोजाइ हुँदैन । प्रकाशको पारिवारिक जीवन पनि झण्डै त्यस्तै रह्यो । प्रकाशको पारिवारिक ‘उतारचढाव’ उनको व्यक्तिगत रोजाइको विषय मात्र थिएन, केही संयोग र केही बाध्यताको उपज थियो । तर, यो यथार्थ प्रकाशसँग नजिकबाट सहकार्य गर्नेहरुले मात्र जान्दथे, आम मानिसका लागि यो सत्यमा पुग्न कठिन नै थियो ।

वि।सं। २०७२ जेठ १ गते प्रकाशको दोस्रो सन्तानका रुपमा बीना मगरको कोखबाट प्रणव दाहालको जन्म भयो । त्यसपछि उनको राजनीतिक एवं पारिवारिक जीवनमा परिपक्वता आउँदै थियो । तर, ३६ वर्षकै अल्पायुमा प्रकाशको निधन  एक प्रकारको हृदयघातबाट हुन गयो ।

प्रतिभा र योगदान 
प्रकाश दाहाल बहुमूखी प्रतिभाका साधारण युवा थिए । उनी प्रविधिमा पोख्त थिए । सन् १९८० को दशकयता सूचना–प्रविधिमा आएको असाधारण बदलावको सैद्धान्तिक पक्ष प्रचण्डले जति बुझेका थिए, त्यसको व्यवहारिक प्रयोग र परिचालनको पक्षमा प्रकाश त्यति नै पोख्त थिए । उनी प्रविधिका सामान्य प्रयोगकर्ता मात्र भएनन्, आवश्यकताअनुसार वर्ग र आन्दोलनमा त्यसको उपयोगिताको ‘कुटनीति’ पनि जान्दथे । सामाजिक सञ्जालमा उनका झण्डै २० लाख ‘फ्लोअर्स’ थिए ।

व्यवस्थापनको पक्षमा प्रकाश निकै चतुर र पोख्त पनि थिए । अध्यक्ष प्रचण्डको सचिवालयका लागि आवश्यक पर्ने सबै विषयको व्यवस्थापन उनी आफै गर्दथे । सचिवालयमा के कुरा आवश्यक पर्दछ, त्यसको व्यवस्थापन कसरी गर्ने रु यसबारे उनी हरदम सचेत थिए । त्यसका लागि उनी टीम परिचालनको कौशल राख्दथे । उनी जुन जिम्मेवारी लिन्थे, त्यसमा आलोचना गर्ने ठाउँ नै राख्दैनथे । कामका लागि रातदिन नभन्ने उनको कार्यशैलीले कहिलेकाहीँ अनेपक्षित सफलता पनि मिल्थ्यो ।

प्रशासन र कर्मचारीतन्त्रमा प्रकाशको सम्बन्ध र प्रभाव दुवै थियो । उनी हरेकसँग सहज र हार्दिक कुराकानी गर्थे । ‘काम लिन र काम दिन’ माहिर प्रकाश देशभरिका कार्यकर्ताका समस्या सम्बोधनमा उत्तिकै गम्भिर थिए । उनी अध्यक्षसँग जिल्ला दौडाहामा जहाँ पुग्थे, शहिद र बेपत्ता परिवारसँग अन्तरक्रियाको ‘चाँजोपाँजो’ मिलाउँथे । प्रकाश भन्थे, ‘शहिदहरुकै योगदानले पार्टी यहाँ पुग्यो, जस्तोसुकै अवस्थामा नि उनीहरुलाई भुल्नु हुँदैन ।’ प्रकाश वर्ग र युवाहरुको भविष्यप्रति चिन्तित र गम्भिर दुवै थिए ।

प्रकाश सामान्य जीवनशैली मन पराउँथे । सानोमा नयाँ कपडा लगाउनै नमान्ने बानीको धेरथोर छाप युवा अवस्थामा पनि थियो । उनी ठेलाको मम खान्थे, सडकपेटीमा चियाको चुस्कीमा रमाउँथे । साधारण जीवनशैलीमा रमाउने उनको स्वाभावले लाखौं युवाहरुलाई ‘चुम्बक’झैं तानेको थियो । उनी जहाँ पुग्थे, सयौं युवाहरुको भीड लाग्थ्यो । सेल्फी खिच्नेहरुको लाइन देख्दा जोकोही मोहित हुन्थे । सामाजिक सञ्जालमा दैनिक लाखौं युवाले प्रकाशलाई पछ्याउँथे ।

जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भए, त्यतिबेला प्रकाशको भूमिका निकै महत्वपूर्ण रह्यो । प्रचण्ड प्रधानमन्त्री कालका मूख्य पाँच कार्यभार थिए, ‘संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, सन्तुलित छिमेक सम्बन्ध, विकास र समृद्धि एवं जनतालाई तत्काल राहत हुने कार्यक्रम ।’ प्रधानमन्त्रीका पाँच कार्यभार कार्यान्वयनका लागि प्रकाश रातदिन खटे । १० महिने कार्याकालमा जति नमूनायोग्य काम भए, जति मानक स्थापित भए, त्यसको महत्वपूर्ण हिस्सा प्रकाशलाई नै जान्छ ।

विदेशमा रहेका नेपाली कामदारहरुको उद्दार र राहतका लागि प्रकाशको भूमिका विशेष स्मरणयोग्य रह्यो । १० महिने कार्यकालको स्मरण गर्दै प्रकाशले लेखेका छन्, ‘‘प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले सङ्कल्प गर्यौं, ‘धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ यही सङ्कल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं ।’’ त्यस अवधिमा प्रकाशले विदेशमा रहेका हजारौं नेपाली युवाहरुको उद्दार गरे, राहतका लागि काम गरे । उनकै अग्रसरतामा कतिपय नीतिगत सुधारका कामसमेत भए ।

पछिल्लो समय कुटनीति क्षेत्रमा पनि प्रकाशको दख्खल बढ्दै थियो । उनी अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’ मात्र थिएनन्, असल छोरा, स्वकीय सचिव र सल्लाहकार पनि थिए । आवश्यक विषयमा बाबुसँग पनि सहज बहस गर्नसक्ने उनको खुवीले गलत घेरा तोड्न प्रचण्डलाई निकै बल पुगेको थियो । प्रकाश आफ्नो बाबुप्रति अत्यन्तै समर्पित छोरा थिए । उनलाई आफ्नै जीवनभन्दा प्रचण्डको राजनीतिक भविष्य र देशकै चिन्ता लागिरहन्थ्यो । उनी भन्थे, ‘‘अरु कुरा मैले जान्दिनँ, बुवा सफल हुनुपर्छ, बुवा सफल भएमात्र देश सफल हुन्छ । मेरो सपना पनि यत्ति मात्र हो ।’’ नजिकबाट चिन्नेहरु भन्थे, ‘‘प्रकाश दाहाल नभएको भए प्रचण्डको दोस्रो कार्याकाल त्यति सफल हुन्थेन ।’’

स्थानीय तहको निर्वाचनपछि दलहरुको शक्ति सन्तुलनमा फेरबदल आयो । एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण र पार्टी एकताकै सम्भावना देखा प¥यो । समीकरण र एकताको तयारीको सूचना मात्र पनि सार्वजनिक हुँदा एकता सङ्कटमा पथ्र्यो, त्यो परिस्थितिमा प्रकाश अध्यक्षको सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मी र सवारी चालक पनि आफैं हुन्थे । असोज १७ को चुनावी तालमेल र पार्टी एकताको सङ्कल्पका लागि जे–जति बैठकहरु आयोजना भए, त्यसको सम्पूर्ण तयारी र व्यवस्थापन प्रकाशले नै गरेका थिए । समीकरणका विरुद्ध कतिपय स्वदेशी तथा विदेशी दवाव पनि उनी आफैले सामना गर्थे, ताकि अध्यक्ष प्रचण्डले कुनै दवाव झेल्नु नपरोस् ।

प्छिल्लोसमय प्रकाश दाहाल आफ्नो व्यक्तित्व विकासको रफ्तारमा थिए । उनले सङ्कल्प गरेका थिए, “अब जीवनमा रक्सी सेवन गर्दिनँ, आफ्नो सम्पूर्ण जीवन राजनीतिक र सामाजिक कर्मका लागि व्यतित गर्छु ।” पछिल्लोसमय गरेका कामले प्रकाशमा व्यक्तिगत, राजनीतिक र सामाजिक जीवनमा ठूलो रुपान्तरणको फड्को हानेको अनुभूति हुन्थ्यो । प्रकाश भन्थे, “जीवनमा एकपटक प्राविधिक गल्ती गरें, मैले त्यसको आत्मसमीक्षा गर्दै अगाडि बढिरहेको छु, एकदिन म सफल भएरै छोड्छु ।”

प्रकाश राजनीतिक र सामाजिक जिम्मेवारीमा थिए । उनले पर्यटन र अन्य सामाजिक क्षेत्रमा आफूलाई समर्पित गरे । उनले जनमुक्ति सेना र पार्टीको जिम्मेवारी सम्हाले । प्रकाश प्रचण्डका स्वकीय सचिव मात्र थिएनन्, तात्कालीन ने।क।पा। ९माओवादी केन्द्र० का पोलिट्व्यूरो सदस्य पनि थिए । तर, उनको जिम्मेवारी र कार्यकुशलता पदभन्दा उच्च थियो । सबै नेताहरुसँग उनको सन्तुलित र हार्दिक सम्बन्ध थियो ।

उनी ‘वचनका पक्का’ थिए । अनावश्यक आश्वासन दिने उनको स्वाभाव थिएन । जे बोल्थे, त्यही गर्थे । हुन्छ भनेको काम जसरी पनि गरेरै छोड्थे । प्रचण्डकोमा आउने आधाजसो झमेला उनी आफैंले ‘फत्ते’ गर्थे । सरल स्वाभाव, सबैसँग छिटै घुलमिल गर्ने, ‘हाँसीमजाक’ गर्न रुचाउने उनको स्वाभावले लाखौं शुभेच्छुक जन्माएको थियो ।

निधनः
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन थियो । प्रचण्डले प्रतिनिधि सभाका लागि चितवन–३ बाट उम्मेद्वारी दिएका थिए । चितवन आफ्नै गृह जिल्ला भए पनि निर्वाचनका दृष्टिले प्रचण्डका लागि नयाँ थियो । प्रचण्डसामू एकातिर आफ्नै क्षेत्रको निर्वाचनको तयारी गर्नुपर्ने, अर्कोतिर वाम गठबन्धनका उम्मेद्वारलाई देशैभरि जिताउनुपर्ने जिम्मेवारी थियो । त्यसै क्रममा निर्वाचनको तयारीका लागि प्रकाश दाहाल काठमाडौं आए ।

वाम गठबन्धनका उम्मेद्वार क। केपी शर्मा ओलीको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड झापामा थिए । एकाबिहानै प्रकाश दाहालको हृदयघातका कारण निधन भएको खबर आयो । यो खबर प्रचण्ड वा अरु कसैका लागि पनि पत्यार लाग्ने समाचार थिएन । तर, घटना यथार्थ थियो । प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं आए । नर्भिक अस्पतालका चिकित्सकहरुले हृदयघातका कारण प्रकाशको निधन भएको घोषणा गरेका थिए । त्यसपछि प्रकाशको शव पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखियो । बेलुका पशुपति आर्यघाटमा प्रकाशको अन्तेष्टी गरियो ।

प्रकाशको निधनले देश नै स्तब्ध भयो । नर्भिक अस्पताल, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पशुपति आर्यघाटमा लाखौं शुभेच्छुक भेला भए । ‘शवयात्रा’मा सडक पूरै जाम थियो । मानिसहरु डाँको छोडेर रुँदै प्रकाशको अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा जम्मा भएका थिए । उनको मृत्युदेखि अन्तेष्टीसम्म उर्लिएको जनलहरले प्रकाशको सम्पूर्ण ‘जीवन’ बोल्दथ्यो, ‘‘उनले कसैले चालै नपाउने गरी लाखौं समर्थक बनाएका थिए, लाखौंको ‘प्रिय साथी’ बनेका थिए ।
यसरी वि।सं। २०७४ साल मंसीर ३ गते हृदयघातका कारण आफ्नै निवास लाजिम्पाटमा प्रकाशको निधन भयो, परिवारले आफ्नो एक मात्र सुयोग्य सन्तान मात्र गुमाएन, देशले सम्भावना बोकेको एक उदीयमान युवा नेता गुमायो ।

लाखौं युवाहरुले आफ्नो प्रिय साथी र अभिभावक गुमाए, वामपन्थी आन्दोलनले एक होनाहार युवा नेता गुमायो । समग्रमा प्रकाश दाहाल राजनेता प्रचण्डको योजना सफल पार्ने नायक थिए, जो कहिल्यै निराश भएनन, तर मृत्युलाई भने जित्न सकेनन । हार्दिक श्रद्धाञ्जली कमरेड साकार दाहाल ‘प्रकाश’ ।

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी