कांग्रेस घर झगडा : नेविसंघले आज पनि धर्ना दिने, बैधानिकता आजबाट सकिँदै

190 Hits

काठमाडौं, २ मंसीर

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै घर भगडाले ग्रस्त भएको छ । पार्टीभित्रको संस्थापन पक्ष र प्रतिपक्षको गुटीय झगडा र अन्तरविरोधले गाँजीएको कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको विवाद मिलाउन नसक्दा झन ठूलो असजिलोमा फँसेको छ । नेविसंघको विधान संसोधन गर्दा उमेर हद राख्ने प्रस्ताव सबैभन्दा वढि विवादीत भएको छ ।

जसलाई सच्याउन माग गर्दै विद्याथीृहरुले कांग्रेस केन्द्रीय कार्यलयमा धर्ना र जुलुश गरिरहेका छन् । हिजो पनि दिनभर धर्ना र जुलुश तथा झडप नै बेहोरेको कांग्रेस नेताहरुले आज पनि त्यसको सामना गर्नुपर्ने देखिएको छ ।

नेपाल विद्यार्थी संघको म्याद थप र पार्टीको महासमिति बैठकबारे थप निर्णय गर्न काँग्रेसलाई सकस परेको छ । नेविसंघको निर्णय गर्न शनिबार बोालइएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन आज बस्दैछ ।

आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको र सोही बैठकले नेविसंघबारे निर्णय गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । महाधिवेशन गर्न भन्दै थपिएको नेविसंघको तीन महिने कार्यकाल आजबाट सकिँदैछ । आज बेलुकाबाट नेविसंघको वैधानिक हैसियत सकिने भएकाले त्यसबारे निर्णय लिनुपर्ने बाध्यता काँग्रेसलाई छ ।

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन बाँकी छन् । थपिएको समयमा महाधिवेसन नभएपछि काँग्रेसले अव कि पुरानै नेविसंघको कार्यसमितिलाई म्याद थपेर निर्वाचन गराउने निर्देशन दिनेछ या वर्तमान कार्यसमिति भंग गरेर अर्को तदर्थ समिति बनाएर उसलाई निर्वाचन गर्न दिने विकल्प रोज्नेछ ।

यसमा सभापति शेरबहादुर देउवापक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा छ भने रामचन्द्र पौडेलपक्ष विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा छ ।

Loading...

Related News

कांग्रेसले बनायो छायाँ सरकार : देउवा प्रधान, बडु गृह, गगन बने शिक्षा मन्त्री

काठमाडौं, ६ जेठ । लामो समय सम्म सत्ताको बागडोर सम्हालेको प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी…

पार्टीलाई हराउन लागेकाहरू नै मेरा विरूद्व लागे – देउवा

काठमाडौं , ४ जेठ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गर्नु भएको छ । सभापति…

1 Comment for “कांग्रेस घर झगडा : नेविसंघले आज पनि धर्ना दिने, बैधानिकता आजबाट सकिँदै”

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी