चितवनबाट बेपत्ता सुदिप ६ दिनपछि तेह्रथुममा भेटिएपछि…

71 Hits

चितवन, २ मंसीर

छ दिनदेखि हराइरहेका कालिका नगरपालिका-६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा भेटिएका छन्। कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनी नारायणगढबाट बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उनलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो।

प्रहरीले उनको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले जानकारी दिए। सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ। अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन भएका थिए।

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गरेका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो। गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गरेका थिए। सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताए। -रासस

Loading...

Related News

राजधानीमै १ सय विद्यार्थीलाई बाँडियो शैक्षिक सामग्री

काठमाडौं, मंसिर- आफूलाई पढनको लागि खर्च पुर्याउन नसकीरहेका बेला कसैले अध्ययन सामग्री सित्तैमा दिएमा कत्तिको खुशी छाउँछ होला ? हो…

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद मंसिर १९ सम्म थपीयो

काठमाडौँ, १५ मंसिर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी