नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरको एकैदिन सरुवा, को कहाँ ?
काठमाडौं, १ मंसीर
नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार शुक्रबार एकसाथ ४ सय ५५ इन्सपेक्टरको सरुवा गरिएको हो।
प्रहरी महानिरीक्षक सवेन्द्र खनालले शुक्रबार सरुवाको निर्णयमा हस्ताक्षर गरेका थिए । उक्त निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाना पाउने गरी सरुवा गरिएको छ।
शुक्रबार सरुवा गरिएका निरक्षिकहरु सबै जिल्लामा कार्यरत छन् । निर्णय अनुसार महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक जीवन निरौलालाई लागू औषध नियन्त्रण ब्युरो काठमाडौँ लगिएको छ भने प्रहरी प्रधान कार्यालय आपूर्ति महाशाखाकी अनिता महतलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुर लगिएको छ।
https://nepalpolice.gov.np/images/documents/updates/Insp_Transfer.pdf
त्यस्तै इलाका प्रहरी कार्यालय धनुषाधामका प्रकाश दाहाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जका प्रदीप सुवेदीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु लगिएको छ।