कला पत्रकार थुम्केली सम्मानित

120 Hits

काठमाडौँ, २९ कात्तिक
कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केली सम्मानित भएका छन् । स्याङ्जामा आयोजित कार्यक्रममा स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट उनी सम्मानित भएका हुन् । कार्यक्रममा उनीलगायत साहित्यमा सेवा गरेवापत देवेन्द्र लम्साल र सूर्यप्रसाद डुम्रे पनि सम्मानित भएका छन् ।

थुम्केलीलाई रु ११ हजार १ सय ११को पुरस्कार राशीसहित सम्मान गरिएको हो । ललितकला पत्रकार समाजका महासचिव थुम्केली कार्टुनिष्ट क्लबका पनि महासचिव रहेका छन् ।
थुम्केली दुई दशकदेखि विभिन्न राष्ट्रिय पत्रिकामा कला पत्रकारका साथै व्यङ्ग्यचित्रकारका रुपमा सक्रिय रहेका छन् । उनले एकल तथा सामुहिक रुपमा विभिन्न् कला प्रदर्शन गर्दै आएका छन् ।

कार्यक्रममा साहित्यकार लम्साल रु पाँच हजार ५ सय ५५ सहित भेषविन्दु साहित्य पुरस्कारबाट समनित भएका छन् । ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका लम्सालका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

Loading...

Related News

साहित्यकार रविकिरण निर्जीव पाेखरामा सम्मानित

काठमाडौं, जेठ- चितबनका बरिष्ठ साहित्यकार रबिकिरण निर्जीबलाई पाेेेखरामा सम्मान गरिएको छ । गोकुल जयन्तीको अबसरमा ‘गण्डकी साहित्य संगम’ पोखरा द्वारा…

जेल (कविता) -कृष्णसेन ईच्छुक

काठमाडौं, १३ जेठ – क्रान्तिकारी कवि, पत्रकार र साहित्यकार कृष्ण सेन इच्छुककाे हत्या भएको अाजकै दिन हाे । उनकाेे स्मृति…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी