नाइजेरियामा बोको हरामको आक्रमण, १६ किसान मारिए, दर्जनौँ बेपत्ता

89 Hits

एजेन्सी
कानो, २८ कात्तिक
नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका छन् ।
बीबीसीले जनाए अनुसार नागरिक सेनाको जिहादी समूहसँग भएको झपडमा परी काजाआ र दराआ गाउँमा १५ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी राजधानी मैदुगरीबाट १३ किलोमिटर टाढा रहेको ग्रेमारी गाउँ नजिकै एक किसानको गोली हानी हत्या गरिएको छ ।

अझै पनि बेपत्ता भएका ३५ व्यक्तिको लगातार खोजी कार्यं जारी रहेको बताइएको छ । मारिएका यी किसानहरू नौ वर्षसम्म जारी इस्लामिक आतङ्ककारी समूहको आतङ्ककारीको कारण विस्थापित भएकाहरू रहेका छन्. ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हराम आतङ्ककारी समूहले सन् २००९ बाट शुरु गरेको आतङ्कमा परी २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी १८ लाख व्यक्ति आफ्ना घर गाउँबाट विस्थापित भएका छन् ।

Loading...

Related News

पाकिस्तानकाे ऋण ३० हजार अर्ब : के भने प्रधानमन्त्रीले जनतालाई

एजेन्सी, २८ जेठ – पाकिस्तान हाल आर्थिक संकटमा गुज्रिरहेको छ । पाकिस्तान दिनदिनै ऋण बढ्दै जाँदा प्रधानमन्त्री इमरान खानले देश चलाउन…

दक्षिणी सुडानमा हिंसात्मक झडप: २२ काे मृत्युु

काठमाडौं , १७ जेठ । जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी