मध्यभोटेकोशी जलविद्युतको साधारण शेयर खुल्यो, यसरी लिनुहोस्

98 Hits

काठमाडौँ, २९ कात्तिक ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री शुरु गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु छ अर्ब रहेको छ ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो ।

कम्पनीको शेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । तर संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले भने आगामी मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् ।
कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् ।

कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ ।

Loading...

Related News

आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

काठमाडौं, २१ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम…

शेयर बजार अस्तव्यस्त : कहाँ हो समस्या अर्थमन्त्री ज्यु ?

काठमाडाैं, २० मंसिर- अहिले नेपालको शेयर बजार लथालिंग बनेको छ । शेयर व्यवसायीहरु र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । दुईजनाले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी