बचतकर्तालाई ११ लाखको स्वास्थ्य विमा गरिदिने

146 Hits

काठमाडौं, २८ कात्तिक ।
आफ्नो संस्थामा बचत गर्ने बचतकर्र्तालाई ११ लाखको स्वास्थ्य विमा गर्ने कुराले ती बचतकर्तालाई कत्तिको खुशी देला । हो यस्तै भएको छ कर्मचारी संचय कोषका बचतकर्तालाई । कर्मचारी संचय कोषले आफ्ना संचयकर्तालाई ११ लाख बराबरको स्वास्थ्य बीमा गरिदिने भएको छ।

मंसिर १ गतेदेखि संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख रुपैयाँको कभर हुने गरी स्वास्थ्य बीमा गराउने भएको हो।

कोषले संचयकर्ताको स्वास्थ्य बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट गराउने भएको छ। कोषले प्रति संचयकर्ताको ४२० रुपैयाँको दरले बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीलाई बुझाउने छ।

संचयकर्ता बिरामी भएर अस्पताल भर्ना भई उपचार गरेको खण्डमा १ लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म बीमा कभर हुने संचय कोषले जानकारी दिएको छ।

६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने विषयमा सबै प्रक्रिया पुरा गरेको कोषले जनाएको छ।

Loading...

Related News

२८ स्थानीय तहमा अझै पुग्न सकेनन् बैंक

काठमाडौं , ११ जेठ – मुलुकभर २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकका…

राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्छ : अर्थमन्त्री

काठमाडौं, ६ जेठ । सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक ल्याएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी