शिक्षक नेताले दिए शिक्षा मन्त्रीलाई यस्ता सुझाव

1046 Hits

काठमाडौं, २८ कात्तिक ।
शिक्षकहरुको माग पुरा गराउन सरकारले विभिन्न पहल र अभियानहरु सञ्चालन गरिरहेको छ । शिक्षकहरुले पनि विभिन्न आन्दोलन र संघर्षमार्फत आफ्ना माग पुरा गराउन सरकारलाई दवाव दिइरहेका छन् ।

कहिले अस्थायी शिक्षकको आन्दोलन त कहिले राहत शिक्षकहरुको आन्दोलन त कहिले द्धन्द्धपीडित शिक्षकहरुको माग र धर्ना अनि अनशनलाई विभिन्न् तरिका र उपयाद्धारा सुल्झाउन प्रयत्न गरेको शिक्षा मन्त्रालयलाई पुर्व माओवादी निकट शिक्षक संगठनका उपाध्यक्षले रचनात्मक सुझाव दिएका छन् ।

अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्नुपर्ने मागसहितका अनसन र आन्दोलनलाई समाधानमा पुर्याउन प्रक्रिया पुर्याएर स्थायी गर्ने विधि अन्तरगत लिइएको परिक्षाको नतिजा प्रकाशनमा ढिलाई भएपछि शिक्षक नेता ऋषिराम चापागाईले फेसबुकमै सुझाव पत्र प्रस्तुत गरेका छन् । उनले छिटो नतिजा सार्वजनीक गर्न सुझाव मात्रै दिएका छैनन् नतिजा सार्वजनीक गर्नुपुर्व नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रबिधि मन्त्रालयले गर्नुपर्ने केही तयारीबारे पनि सुझाएका छन् ।

उनको सुझाव छ –
शिक्षक सेवा आयोग शिक्षकहरुको आन्तरिक परिक्षाको नतिजा सार्वजनिक गर। तर नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रबिधि मन्त्रालयले तपसिलका विषयहरुको पहिला तयारी पूरा गर।

१) अस्थायी शिक्षक आन्दोलन एव शो सग सम्बन्धित मागहरु प्रती चासो केन्द्रित गरि अधिकतम सेवा सुबिधाको ग्यारेन्टी गर।

२) उपदान, विरामि बिदा र औसधि उपचार खर्च दिने गरि तयारी गर।

३)  परिक्षाफल प्रकाशन गर्दा बैकल्पिक शुचि अधिकतम निकाल जस्ले शिक्षकले अकस्मात् राजिनामा दिदा समेत तुरुन्त शिक्षक नियुक्ती गरि विद्यार्थिहरुको पठनपाठनमा असर नपरोस।

४)  अस्थायी शिक्षकलाई दिने उपदान लगायतका रकमको कम्तिमा १० % रकम हाइड्रोपावरको शेयरलगानिमा अनिवार्य हुने गरि ब्यवस्था मिलाइयोस।

५) शैक्षिक गुणस्तरकायम गर्ने राज्यको चाहना हो भने उमेर ५० र सेवा २५ पुगेकालाई स्वेच्छीक अबकासको योजना अगाडि बढाउ। उक्त स्थानमा खुला बिज्ञापन गरि सबै तहमा अब्बल ( Distinction, 1st division ) शिक्षक भित्र्याउने गरि नीति बनाऊ ।

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

काठमाडौँ, १९ मङ्सिर- प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी