विश्व बैंकसँग अठार अर्बको सम्झौता, ४ सय ७७ भन्दा बढी पुल निर्माण हुने

121 Hits

काठमाडौँ, २८ कात्तिक
सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न उक्त सम्झौता गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा बुधबार अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैंकले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ भन्दाबढी पुल निर्माण गरिनेछ ।

नेपालको रणनीतिक सडक सञ्जालका ४ सय ३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १ सय ८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैंकले रु चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

Loading...

Related News

पूँजी बजारका समस्या समाधान गर्न यस्ता आए सुझाव

काठमाडौं, पुस । मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या पहिचान गरी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । राष्ट्र…

आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

काठमाडौं, २१ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी