तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

68 Hits

काठमाडौँ, २८ कात्तिक /
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिएका छन् ।

“केही दिनअघि राखेपको ११०औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो”, सदस्य सचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राखेपले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दुई सङ्घबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो सङ्घलाई तत्काल मिल्न निर्देशन दिएको हो । विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Loading...

Related News

रोनाल्डोमाथि बलात्कार आरोप : रोनाल्डो भन्छन् -‘मैले गलत गरेको छैन’

काठमाडौं, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री…

बेल्जीयम बन्यो तेश्रो, उपाधीका लागि फ्रान्स र क्रोयशिया भिड्दै, नेपाली दर्शक क्रोयशियाको पक्षमा

काठमाडौं, ३१ असार रुसमा जारी विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि फ्रान्स र क्रोयशीया भिड्दैछन् । नेपाली…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी