एमबाप्पे भन्छन्– ‘म पेलेजस्तो हुन सक्दिनँ’

44 Hits

एजेन्सी ।
फ्रेन्च क्लब पिएसजी तथा फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी केलियन एमबाप्पेले आफू फुटबलका लिजेन्ड पेलेजस्तो हुन नसक्ने बताएका छन् । आफ्ना समर्थकले आफूलाई लिजेन्ड पेलेसँग तुलना गरेकोमा आफूलाई खुसी लाग्ने भए पनि आफू त्यो स्तरमा पुग्न नसक्ने उनको भनाइ छ ।

१९ वर्षीय एमबाप्पे पिएसजीका प्रमुख खेलाडी हुन् । उनले रसिया विश्वकपमा फ्रान्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेल्दै उदीयमान खेलाडीको अवार्ड नै जितेका थिए ।

पछिल्लो समय कतिपयले भने युवा खेलाडी एमबाप्पेलाई पेलेसँग तुलना गर्न थालेका छन् । तर, एमबाप्पे भने त्यो मान्न तयार छैनन् ।

‘पेलेसँग मेरो तुलना हुँदा खुसी छु । तर, यो निकै कठिन कुरा पनि हो । मलाई लाग्दैन कि, कसैले पेलेले आफ्नो जमानामा खेलेजस्तो खेल्न सक्छ । पेले एक्ला छन्, जसले त्यो सबै गर्न सक्छ ।’

एमबाप्पेले आफू मात्रै नभएर कोही पनि खेलाडी पेलेजस्तो बन्न नसक्ने बताए । ‘मेरो व्यक्तिगत विचारमा कोही पनि खेलाडी पेलेजस्तो बन्न सक्दैन, पेले भनेका पेले नै हुन् ।’

घरेलु लिग र विश्वकप जितिसकेका एमबाप्पेले आफूलाई अब युरोपियन च्याम्पियन्स लिग जित्ने रहर रहेको बताए । ‘मैले दुई लिग उपाधि र विश्वकप जितिसकें, अब च्याम्पियन्स लिग जित्ने रहर छ,’ उनले भने, ‘म पिएसजीलाई यो उपाधि दिलाउन चाहन्छु ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी