म सुजताकहाँ गुटबन्दी गर्न होइन, भात खान गएको थिएँ : रामचन्द्र पौडेल

54 Hits

चितवन, २८ कात्तिक ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीभित्र गुटबन्दी गर्न नलागेको बताएका छन् । बरु, उनले त पार्टी सभापतिले संसद्मा विपक्षी दलको सभापतिले आवश्यक भूमिका पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

आज नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले संसद्मा पार्टीका भूमिका कमजोर भएकोप्रति चिन्ता व्यक्त गरे । ‘पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो, त्यो भएको छैन,’ नेता पौडेलले भने, ‘संसद्मा प्रमुख प्रतिपक्षी दल निरीह देखियो ।’

वरिष्ठ नेता पौडेलले सोमबार आफू सुजाता कोइरालाकहाँ गुटबन्दी गर्न नभई खाना खान मात्रै गएको बताए । त्यहाँ पार्टीमा गुटबन्दी गर्नेबारे छलफल नभएको उनको दाबी थियो । ‘सुजाता निवासमा खाना खान बोलाएर मात्रै गएको थिएँ, त्यहाँ सामान्य हाई हेल्लो मात्रै भएको हो ।’

नेता पौडेलसहित केही शीर्ष नेता कोइराला निवासमा सोमबार भेला भएर बैठक गरेपछि उनीहरूले पार्टीमा गुटबन्दी गरेको आरोप लागेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी