बेल्जीयम जनजाती महासंघमा लामाको नेतृत्व निर्वाचित, बधाईको ओइरो

165 Hits

बेल्जीयम, २७ कात्तिक ।
नेपाल आदिबासी जनजाती महासंघ बेल्जियममा बाबुराजा लामा तामाङले नेतृत्व पाएका छन् । आइतबार सम्पन्न दोश्रो महाधिवेशनले लामाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गरेको हो ।


सर्वसम्मत निर्वाचित भएका अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मुना राई निर्वाचित भएकी छिन् भने उपाध्यक्षहरुमा होम गुरुङ, डिल्ली सुब्बा, सुर्य नारायण श्रेष्ठ, यामुना रोक्कामगर निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिबमा नन्द राज घले, सचिबमा कान्छा शेर्पा निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारीलार्य गैर आवासिय नेपाल संघ बेल्जीयमले बधाई तथा शुभकामना दिएको छ । संघका अध्यक्ष लोक प्रसाद दाहालले निर्वातिच अध्यक्ष सहित सबै कार्य समितिका पधादिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शशुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित टिमलाई सबैतिरबाट बधाई र शुभकामनाको ओइरो आइरहेको छ ।

Loading...

Related News

जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी, १५ हजार युराे संकलन

बेल्जियम, ८ जुलाई – नेपाल र नेपालीको विकास र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेको गैर अावासिय नेपाली संघ बेल्जियमले जाजरकोटमा अस्पताल…

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का