प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

66 Hits

काठमाडौं ।
सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ । आज बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गर्नुभयो ।

त्यसैगरी उहाँले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरिक्षण पनि गर्नुभयो । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गर्नुभयो । अध्यक्षले आज बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गर्नुभयो भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्ड आज बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि जानुभयो । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुग्नुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्नुहुनेछ ।

Loading...

Related News

माथि पुग्न सजिलो छ, तर टिकिरहन गाह्रो छ : प्रचण्ड

काठमाडौं, २३ मंसिर– नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही पनि माथि चढ्ने कुरा सामान्य भएको तर चुचुरोमा…

नेकपा कर्णालीको बैठकमा नयाँ बहस चलाउन शर्माको निर्देशन

सुर्खेत, २३ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । देशभरीकै पहिलो…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी