गच्छदारलाई महासमितिपछि मात्रै जिम्मेवारी : प्रबक्ता शर्मा

70 Hits

काठमाडौं, २७ कात्तिक ।

उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् ।
नेपाली कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका अनुसार विद्यमान विधानमा एक मात्र उपसभापति हुने व्यवस्था भएकाले उनले महासमितिपुर्व जिम्मेवारी सम्हाल्न नपाउने भएका हुन् ।
राजनीतिक निर्णयबाट उपसभापति बनाइएका गच्छदारले महासमिति बैठकबाट संशोधित विधानमा रहने व्यवस्थाअनुसार जिम्मेवारी पाउने भएका हुन् ।
यसअघि उपसभापति मनोनीत विमलेन्द्र निधिले विधानअनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्ने, राजनीतिक प्रस्ताव तयार गर्नेसहितका जिम्मेवारी पाएका छन् ।

‘हाम्रो विद्यमान विधानमा एक उपसभापति मात्रै हुने व्यवस्था छ । अर्को उपसभापतिलाई विधानले परिभाषित गरेको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँलाई उपसभापतिमा मनोनित गरिएको छ । केन्द्रीय समितिको यो विषय आगामी महासमिति बैठकमा प्रवेश गर्छ र नयाँ विधानले तोकेअनुसार जिम्मेवारी मिल्छ ।’

महासमितिमा प्रस्तुत गर्ने गरी विधान संसोधनका लागि समितिले काम गरिरहेको छ । महासमिति बैठक दोस्रो पटक सरेर आगामी मंसिर २८ देखि ३ पुससम्मका लागि तोकिएको छ ।

कांग्रेससँग एकीकरण भएको एक वर्षपछि गच्छदारले उपसभापति पाए पनि अरु केन्द्रीय नेता, प्रदेश, जिल्ला, भ्रातृ संस्थाहरुको समायोजन भने अझै हुन सकेको छैन । गच्छदार उपसभापतिमा मनोनित भएकै दिन दुई पार्टी समायोजनको खाका बनाएर अर्को केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्न अर्का उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी