जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

121 Hits

काठमाडौं, २६ कात्तिक ।
जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक विक्रि पनि शुरु भइसकेको छ । घरमै बनाएर खान सकिने र विभिन्न रोगको अचुक उपचारको रुपमा व्याख्या गरिएको जमरा जुस कसले खान हुने र कसले खान नहुने भन्ने विषयमा नयाँ तथ्य आएको छ ।

जमराको जुसलाई भिटामिन र मिनरलको पनि राम्रो स्रोत मानिएको छ । प्रोटिनको आधारभूत तत्त्व एमिनो एसिड हो । जमरामा १७ प्रकारका एमिनो एसिड पाइने  अमेरिकाको फ्लोरिडा राज्यस्थित हिप्पोक्रेट्स हेल्थ इन्स्टिच्युटका ब्रायन क्लिमेन्ट र आना मेरी क्लिमेन्टले एक अनुसन्धानमार्फत सार्वजनिक गरेका छन् । शरीरमा भएका अनावश्यक रसायन हटाउन जमराको जुसजति प्रभावकारी केही नरहेको जिकिर यिनको छ । मानिसलगायत अन्य जीवको प्रजनन प्रणालीको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने मान्यता राख्छन् । स्वस्थ तथा चम्किलो छाला चाहने जोकोहीका लागि यो जुस फलदायी सिद्ध हुन सक्ने पनि बताइएको छ ।

हेरौ वरिष्ठ कलेजो रोज विशेषज्ञ डा. सुधांशु केसीले यसबारेमा स्पष्ट पारेका छन् ।

उनी भन्छन् –
स्वस्थ मानिसले जमराको जुस खाँदा केही फरक पर्दैन । तर, रोग लागिसकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने बानी छैन । एकचोटि केही लहर आउँछ, सबै त्यसकै पछि लाग्छन् । वैज्ञानिक कारण खोजौँ भन्ने प्रवृत्ति कसैको छैन । त्यसैले कहिलेकाहीँ दुस्ख पाइन्छ । भन्नेले भन्छन्, तर जमराको जुसमा क्यान्सर निको पार्ने क्षमता छैन ।

सबै प्राकृतिक तत्त्व औषधी नै हुन् भन्ने छैन । कलेजोका रोगीका लागि त जमराको जुस विष नै हो । गत साता मात्रै जमराको जुस खाएर बिरामी भएका दुई बिरामी वीर अस्पतालमा भर्ना भए । एक जना समयमै डिस्चार्ज भए भने अर्कालाई नर्भिक अस्पतालमा सारियो । हालसम्म २०–२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले ‘अर्गानिक’ भनेर खाएको जमराको जुस अभिशाप प्रमाणित भएका घटना हाम्रै आँखाअगाडि छन् । तर, हामीले कहिले महसुस गर्ने  जुसका फाइदैफाइदा छन् भन्दा सबैले पत्याए । मैले बेफाइदाबारे ट्वीट गर्दा धेरैले पत्याएनन् । उल्टै ममाथि खनिए । मैले खाँदै नखानुस् पनि भनेको होइन । रोग लागिसकेको छ भनेचाहिँ नखानुस् भनेको हुँ ।

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी