राजनीतिक दलसँग जोडिए शिक्षकको जागीर जान्छ : शिक्षामन्त्री पोखरेल

146 Hits

काठमाडौं, २५ कात्तिक
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको भन्दै राजनीतिक दलसँग जोडिएमा शिक्षाको जागीर नै जान सक्ने चेतावनी दिएका छन् ।

महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले भने–सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको छ । हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन् । उनले अझै जोड दिएर भने “अब यो वा त्यो राजनीतिक दलसँग आपूmलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्ने हुन्छ ।” अन्यथा जागिर बचाउन गाह्रो हुन्छ ।

मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताए । यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ । मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको मन्त्री पोखरेलले बताए ।

कार्यक्रममा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले दक्ष जनशक्ति विकासमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सहयोगी हुने विश्वास व्यक्त गरिन् भने राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले नवस्थापित कलेजलाई आफ्नो तहबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले दक्ष जनशक्ति विकासमा योगदान दिने बताउँदै कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक क्याम्पसका रूपमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास–६ किसाननगरमा यस वर्षबाट स्नातक तहको पठनपाठन शुरु गर्न प्रक्रिया थालिएको बताए ।

किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा यस वर्ष ५४ जना छात्रछात्राले प्रवेश पाउनेछन् । अन्तरक्रिया कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्कीले कलेजका लागि आठ बिघा जग्गा खरिद भइसकेको र थप जग्गाका लागि प्रयास भइरहेको सो अवसरमा जानकारी गराएका थिए ।

Loading...

Related News

मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा…

हाेसियार ! सानै उमेरमा बच्चालाई स्कुल पठाउनु धेरै घातक

काठमाडौँ, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी