हरिबहादुर कारागार बसेको समय गणना गर्न माग

16 Hits

नुवाकोट- मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका-१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ।

लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहाँको अदालतले गरेको फैसलामा २० वर्ष कैद सजाय तोकेकाले उनका परिवारले अहिलेसम्मको कारागारमा बसेको अवधिसमेत गणना गराउनका लागि सरकारले पहल गरिदिन माग गरेको हो।

शुक्रबार विदुरमा घलेकी बहिनी सरलाले सन् २००३ को मेदेखि हालसम्म कारागार बसेको समयको गणना नहुँदा अन्यायमा परेको बताइन्। “पन्ध वर्ष जेल सजाय भोगिसकेको छ। अब बढीमा चार-पाँच वर्षमा छुट्नुपर्छ ’, उनले भनिन्, “अहिलेसम्म जेल बसेको समय गणना गराउन सके अबको पाँच वर्षमा छुट्ने थियो।”

मलेसियामा रोजगारीमा गएका घले नियमित विदामा नेपाल फर्किनेक्रममा साथीले घलेलाई लागू औषधमा फसाएको घलेकी बहिनी सरला घलेले बताइन्। ‘होटेलमा बसिरहेको ठाउँमा गणेश तामाङ नाम भएका साथी झोलासहित प्रवेश गरे। प्रहरीले पिछा गरेको थाहा पाई तामाङ झोला त्यही छाडेर भाग्न सफल भए। घलेलाई प्रहरीले पक्राउ गर्‍यो। यो घटना ३० मे २००३ को हो। साथीले जानाजान फसाएको हो । मेरो दाजु निर्दोष छ’, उनले भनिन, ‘नेपाल सरकारको पहलमा मृत्युदण्डको सजाय माफी भए पनि अहिलेसम्मको सजाय गणना भएमा दाइ चाँडै छुट्नु हुने थियो। सबैले पहल गरिदिनु पर्‍यो ।”

हाल ३८ वर्षीय घले २०५७ सालमा दुई लाख ऋण गरी मलेसिया गएका थिए। नियमित विदामा घर फर्कनेक्रममा उनी पक्राउ परेका थिए। उनी कारागार परेको र मृत्युदण्डको सजायको फैसला भएको सुनेपछि चिन्ता रहेका उनका आमाबुबाको मृत्यु भई सकेको र नातिलाई मृत्युदण्डबाट जोगाउन प्रयासरत हजुरबा धनबहादुरको पनि मृत्यु भइसकेको छ।

घलेकी १९ वर्षीया छोरी झरनाले बाबुलाई नेपाल फर्काउनका लागि पहल गरिदिन आग्रह गरिन्। ‘मैले फोटोमा मात्र बुबालाई देखेको छु। ‘उहाँलाई भेट्ने रहर पूरा गराउन सहयोग गरिदिनु होला’ झरनाले भनिन्। हाल मामाघरमा बसेर स्नातक अध्ययन गर्दै गरेकी झरनाले जोड दिइन्, ‘बुबाको कुरा सुन्दा उहाँ निर्दोष हुनुहुन्छ। साथीका कारण जेल परेर त्यहाँको कानूनले सजाय दिएपनि अहिलेसम्म जेल बसेको समय गणना गरिदिए हुने थियो। उहाँ चाडै नेपाल आउन पाउनुहुन्थ्यो।घलेको मृत्युदण्डको माफी नेपाल सरकारको पहलका कारण रोकिएको थियो।’

अहिले पनि सरकारले पहल गरिदिए २० वर्ष सजायको फैसलामा अहिलेसम्म कारागार बसेको सजाय समेत गणना भए सहज हुने घलेको परिवारले आग्रह गरेका हुन्।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी