लालबाबु पण्डितले अनावश्यक गाडी प्रयोग गरेका छैनन्– मन्त्रालय

20 Hits

काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनावश्यक धेरै गाडी प्रयोग गरेको भन्ने हल्ला चलिरहेका बेला मन्त्रालयले भने कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्री पण्डितले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताएका छन् । उनले विज्ञप्तीमा मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेका भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएको तर, मन्त्रीले अनावश्यक रुपमा गाडी प्रयोग नगरेको बताए ।

मन्त्री पण्डितले प्रयोग गरेको दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गरेको विज्ञप्तीमा जनाइएको छ । यसैगरी मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक÷एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अन्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगएको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको निमित्त सचिव अधिकारीले जनाए ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी