४ हजार मिटर तलबाट लिफ्टिंग गरेको खानेपानीले ल्यायो खुशी

29 Hits

पाल्पा, २२ कात्तिक ।
मानिसको लागि श्वास फेर्न अक्सिजनको जत्तिको आवश्यकता छ त्यत्तिकै जिवन धान्नको लागि पानीको अनिवार्यता छ । तर त्यही पानी पाउन नसक्दा कतिले जिवन गुमाएको बाध्यता पनि छ । यस्तै थियो पाल्पामा पनि ।


खानेपानीको लािग जिवनको आधा भन्दा वढि समय खर्चनुपर्ने बाध्यताबाट पाल्पा माथिल्लो सिलुवाका वासिन्दाले मुक्ति पाएका छन् ।
नेपाल सरकार खानेपानी मन्त्रालयको बजेटबाट जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि उनीहरुको जिवन सहज भएको हो । नेपाल सरकारको रु ४२ लाख अनुदान र स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी रू ५३ लाख बराबरको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानिय वासीमा खुशीको लहर छाएको छ ।

बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग परेको स्थानिय शिक्षकले बताए ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका–१ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्नुपर्दा निकै पिरलो हुन्थ्यो ।

आयोजनामा खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने स्थानियको जनश्रम रहेको छ ।

उक्त आयोजनामार्फत गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी यहाँका ६० घरधुरीमा पानी वितरण गरिएको छ । सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी