बेपत्ता योद्धाको सम्झना गर्दै साँस्कृतिक कार्यक्रम, कहिलेसम्म खप्ने परिवारले पीडा ?

1452 Hits

धादिंग, कात्तिक ।
राज्यद्धारा १५ वर्ष अगाडि गैर कानुनी ढंगबाट बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना र सम्मान गर्दै जिल्लाको मलेखु रिचोकपोखरीमा स्मृति सभा र साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तत्कालिन १० वर्षे जनयुद्धको क्रममा काठमाडौंबाट गैर कानुनी ढंगले गिरफतार गरी हाल सम्म बेपत्ता बनाइएका विद्यार्थी अमृत कँडेल र उज्जल बरामको स्मृतिमा कात्तिक १९ गते एक भव्य स्मृति सभा र साँस्कृतिक कार्यक्रम गरिएको हो ।
रिचोक पोखरीको आधार पर्यटन विकासको पुर्वाधार भन्ने नाराका साथमा अमृत उज्वल स्मृति मञ्चको आयोजना र बेनीघाट रोरांग गाउँपालिकाको सहयोगमा सम्पन्न अमृत उज्जवल स्मृति सभा एवं इन्द्रेणी साँस्कृतिक कार्यक्रममा नेकपाकी स्थायी समिति सदस्य एवं शहीद परिवार जयपुरी घर्तीको प्रमूख आतिथ्यता रहेको थियो ।

प्रमूख अतिथिको रुपमा कार्यक्रममा सम्बोधन गर्दै नेतृ जयपुरी घर्तीले शहीद र वेपत्ता योद्धाहरुको वलिदान र त्यागले नै नेपालमा गणतन्त्र आएको र संस्थागत हुने क्रममा रहेको बताएकी थिएन् । उनले राज्यले वेपत्ता बनाएको नागरिकको खोजीमा राज्य उदासिन हुनु दुखद पक्ष रहेको बताउँदै दुई तिहाई जनमत प्राप्त कम्युनिष्टको सरकारले अब ढिला नगरी वेपत्ताको स्थिति यथार्थ सार्वजनीक गर्नुपर्ने माग गरिन् ।


उनले आफू शहीद परिवार भएको नाताले शहीद र वेपत्ता परिवारको पीडा कस्तो हुन्छ र झन वेपत्ता परिवारको पीडा त निरन्तर थपीइरहने बताउँदै पीडा र शोकलाई शक्तिमा बदलेर आफूहरुले परिवर्तनमा साथ दिएको बताईन् ।

कार्यक्रममा बेनीघाट रोरांग गाउँपालिकाका प्रमुख हरी डल्लाकोटी लगायतले सम्वोधन गरेका थिए । डल्लाकोटीले राज्इले गर्नुपर्ने काम यो मञ्चले गरेको भन्दै धन्यवाद दिनुका साथै आफूले गाउँपालिकाको तर्फबाट मञ्चलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा इन्द्रेणी साँस्कृतिक समुहका तर्फबाट निर्देशक कृष्ण कँडेलले शहीद र वेपत्तालाई राज्यले सम्मान गर्दै उनीहरुको योगदान र त्यागको उच्च मुल्याँकन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा लोक, आधुनिक र प्रगतिशील गीत संगित र नत्य प्रस्तुत गर्दैे सहभागिहरुलाई मनोरन्जन प्रदान गर्नुका साथै चेतना जागृत गराएको थियो ।
स्थानिय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व वेपत्ता अमृतका दाजु रामहरी कँडेलले र संचालन भाउजु दिपा कँडेलले गरेका थिए भने कार्यक्रममा स्वागत बुबा टिका कँडेलले गरेका थिए । कार्यक्रममा शहीद परिवारका तर्फबाट विवेक थपलिया, वेपत्ता परिवारका तर्फबाट वेपत्ता योद्धा उज्जलका भाई राम शरण बराम तथा गाउँपालिकाका उपाध्यक्ष डोलनाथ सिलुवालले पनि धारणा राखेका थिए ।
सबैका परिवार दशैं र तिहारको रमझममा रमाइलो मनाइरहँदा आफ्नो सन्तान र परिवारका सदस्यको १५ वर्षसम्म अत्तो पत्तो नहुँदा बा आमा र परिवारको मन बुझाउन मात्रै होइन त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै अगाडि वढ्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका रामहरी कँडेलले बताए ।


राज्यले नागरिकप्रतिको दायीत्व पुरा गर्न नसक्दा आफूहरुले पीडालाई पचाएरै भएपनि वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको दिपा कँडेलले बताईन् । बेपत्ता योद्धारुको सम्मान र सम्झनामा गरिएका कार्यक्रमले आफ्नो स्थानिय क्षेत्रको विकासमा समेत टेवा पुगेको सहभागि स्थानिय वासिन्दाले बताएका थिए ।

Loading...

Related News

आज वेपत्ता योद्धा स्मरण दिन, के छ बेपत्ताको अवस्था ? सरकार ! यहाँ छन् वेपत्ता पार्नेहरु…

काठमाडौं, ७ जेठ । आज आज वेपत्ता योद्धा स्मरण दिन । नेपालको वर्तमान राजनीतिक परिवर्तनको मुख्य कडीको रुमा रहेका माओवादी…

नागरिक वेपत्ता पार्नेहरु आज पनि सरकारमा, वेपत्ताको अझै छैन खबर

काठमाडौं, १७ पुस । रेखा बास्तोलाले आफ्नो फेसबुक स्टाटसमा एउटा हृदयविदारक तस्विर राखेर भनिन् तिमी वेपत्ता भएको १४ वर्ष वितिसक्यो…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी