यसरी भयो नेपालबाट लोडसेडिङको अन्त्य, प्राधिकरणको अफिस झिलीमीली

5356 Hits

काठमाडौं, २१ कात्तिक ।
नेपालमा दुई वर्ष अघिसम्म सोच्ने गरिन्थ्यो यस्तो अँध्यारो कहिले हट्ला । तर हटिछाड्यो नेपाल पुरै उज्यालो भएको छ । दुई वर्ष अघि तिहारको लक्ष्मी पुजाको दिन हल्लै नगरी लोडसेडिङको अनत्य गरिएको थियो त्यस यता कुनै पनि दिन लोडसेडिङको मार नेपाल जनताले खेप्नुपरेको छैन ।
नेपालमा लोडसेडिङको अन्त्य गर्ने अभियन्ता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार, उर्जा मन्त्री जनार्दन शर्मा र फिल्डमा खटेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिंङ हुन् । प्रचण्डको योजना, जनार्दनको निर्देशन र कूलमानको कुशल व्यवस्थापकिय दक्षताले नेपालबाट लोडसेडिंगको अन्त्य हुन सकेको हो ।

तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले उर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा घिसिंङलाई प्राधिकरणको कार्यकारी प्रमूख बनाएको थियो । नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी पाएको अवस्थामा देशलाई उज्यालो बनाउने सपना कुलमान घिसिङले धेरै बर्ष अगाडि बुनेका थिए । तर उचित जिम्मेवारी र अवसर प्राप्त गर्न सकेका थिएनन् । राजनीतिक खिचातानीको शिकारबाट कुलमान घिसिङ पनि अछुतो रहन सकेनन् । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझ समेत थियो ।
०७३ को त्यो लक्ष्मी पूजाको दिन सम्झिदै कुलमान घिसिङ भन्छन् –मनमा दृढ इच्छा शक्ति लक्ष्य र उदेश्य थियो, पहिलो पटक लक्ष्मी पुजामा राजधानीवासीलाई बिजुली दिने कामबाट मैले मेरो परीक्षा सुरु गरेको थिए, आज देशलाई नै उज्यालो बनाउन पाउदा खुसी छु ।’ लक्ष्मी पूजाको दिन सबैले घरमा दीपावली गर्ने भएकोले विद्युत् माग उच्च हुन्थ्यो । घिसिङले लोडसेडिङ अन्त्य गर्ने उपयुक्त दिनको रूपमा लक्ष्मी पूजालाई नै रोजे ।

यसको तयारी केही महिना अघिबाट नै बनाइसकेका थिए । नागरिकहरुमा आशा र उत्साह जगाउन लक्ष्मी पुजाकै दिन रोजिएको घिसिङ बताउछन् ।०७३ को लक्ष्मी पुजाको दिन अर्थात् १४ कात्तिकमा घिसिङ आफ्नो टोलीसहित स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बेलुका ५ बजे पुगेका थिए । काठमाडौंलाई लोडसेडिङ गर्न नदिँदा कुन प्रसारण तथा वितरण लाइनमा कति लोडमा चलाउने, कहाँ–कहाँबाट विद्युत् छोड्ने भनेर छलफल गरे र छलफलपछि आफ्नो योजना लागू गर्न टोलिलाई परिचालन गरे ।

राती १२ बजेसम्म त्यहाँ बसेर प्राविधिक सूझका साथ व्यवस्थापन मिलाउँदा काठमाडौं उपत्यकामा लक्ष्मी पूजाको रातभर विद्युत् गएन । ‘नो लाइट’ नम्बरहरूमा कतैबाट पनि काठमाडौंका उपभोक्ताको गुनासो आएन । काठमाडौं लोडसेडिङ मुक्त भएको सन्देश दिएपछि घिसिङ आफ्नो योजना सफल भएको खुसीले गदगद भएको अनुभव घिसिङको छ ।

विद्युत पर्याप्त नभएपछि सरकारले ऊर्जा संकट निवारणका लागि १० वर्षे कार्ययोजनादेखि ऊर्जा संकटकाल लगाउनेसम्मका नीतिहरू ल्यायो । त्यति बेला कुलमान घिसिङ विद्युत् विकासको ‘रोल मोडल’ मानिएको चिलिमे हाइड्रो पावर कम्पनीका प्रमुख थिए । तर, राम्ररी अघि बढिरहेको चिलिमे कम्पनीबाट उनलाई तत्कालीन सरकारले प्राधिकरणमै फिर्ता बोलायो । त्यसको झन्डै दुई वर्षसम्म घिसिङ जिम्मेवारीविहीन बनाइए । यसमा उनकै असन्तुष्टि पनि केही हदसम्म जिम्मेवार नभएको भने होइन । अन्ततः सही मानिसले सही पद र जिम्मेवारी पाए । ०७३ भदौमा घिसिङ प्राधिकरणको ११ तहको कार्यकारी निर्देशक पदमा नियुक्त भए ।

दुई बर्ष अघि लक्ष्मी पुजाकै दिनबाट सुरु भएको उक्त योजनाले आज देश नै उज्यालो नेपालको रुपमा रुपान्तरण भएको छ । अहिले देशमा पूर्ण रुपमा लोडसेडिङ मुक्त भएको छ । प्राधिकरणले २०७५ जेठदेखि औद्योगिक लोडसेडिङ पनि अन्त्य गरेको घोषणा गरिसकेको छ । लोडसेडिङ अन्त्य भएपछिका यी दुई वर्षमा विद्युत् खबत ८० प्रतिशत जति बढेको छ ।

देशबाट अँध्यारो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलिमा मनाउन सकिने भएको छ । घिसिङले भने तेस्रो लक्ष्मी पूजा आजको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै हुनुहुन्छ । घिसिङले भने देशलाई उज्यालो बनाउन पाएकोमा खुशी छु । मेरो योजना सफल भएको छ, यो खुसी म सबै नेपालीहरुमा बाँडन चाहन्छु, मन बचन र कर्मबाट लाग्ने हो भने हरेक क्षेत्रमा परिवर्तन गर्न सकिन्छ, दिपावलीको सम्पूर्ण नेपालीहरुमा शुभकामना ।
यसपटकको तिहारमा नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित अफिस पुरै झिलीमिली पारीएको छ । डिजिटल उज्इालोले भरिपूर्ण कार्यलय सांकेतीक रुपमा लोडसेडिङ अन्त्यको घोषणाको प्रमाण भएको घिसिङले बताएका छन् ।

Loading...

Related News

झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त, कसरी भयाे सम्भव ?

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ,  ३१ वैशाख  । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी