सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

131 Hits

सिन्धुपाल्चोक, २१ कात्तिक ।

भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् ।
विनाशकारी भूकम्पमा कार्यालयहरु भत्किएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु अब भने सुविधासम्पन्न भवनमा बस्न पाएका हुन्।

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालय सहित प्राय सबै भवन ध्वस्त भएका थिए । उनीहरुलाई लामो समयसम्म पालमा बसेर ड्युटी गर्नुपर्ने बाध्यता थियो ।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् । भूकम्पपछि निर्माण सुरु गरिएकामध्ये इलाका प्रहरी कार्यालय जलविरे, प्रहरी चौकी सानोसिरुवारी, ठोकर्पा, साँगाचोक र लामोसाँघु निर्माण सम्पन्न भइसकेका छन् । अन्य प्रहरी कार्यालयहरु पनि निर्माण सम्पन्न हुने क्रममा छन् ।

३१ प्रहरी कार्यालयमध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि राष्ट्रिय प्राधिकरणले २२ करोड रुपैयाँ निकासा गरेको थियो । उक्त रकमले यी भवनहरु निर्माण सम्पन्न भएका हुन् ।

जग्गा नहुँदा रोकिएका प्रहरी कार्यालयहरु बाहेक आउने वर्ष सबै प्रहरी कार्यालयहरु निर्माण सम्पन्न हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँणेलले जानकारी दिएका छन् ।
अस्थायी संरचनामा बस्दा धेरै प्रहरीहरु विरामी भएका र हातहतियारको सुरक्षा गर्न समेत प्रहरीहरुलाई समस्या भएको डीएसपी कँणेलले बताए । अब उक्त समस्याबाट मुक्त भएकाले प्रहरी कर्मचारीहरु खुशी भएको पनि उनले बताए ।

Loading...

Related News

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक, राती गाडी चलाउन रोक

– विमलबहादुर विष्ट, डोटी, ५ चैत बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी…

रजुवामा विजुली बलेपछि स्थानिय भए खुशी

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ रजुवा बेसीटोलमा बुधबार विद्युत विस्तार गरिएको छ । बुधबार एक कार्यक्रमका बीच मकवानपुरका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी