आईजीपी सर्वेन्द्र खनालबाट दर्ज्यानी चिन्ह प्रदान

42 Hits

काठमाडौं, २० कात्तिक ।

नेपाल प्रहरीमा एस एसपी, एसपी र डिएसपीमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको कात्तिक १२ गते र नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको कात्तिक ९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई  प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मंगलबार केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेेेेका हुन् ।

आईजीपी खनालले प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका डा. देउती गुरुङ र नबीन्द अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यसैगरी प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति भएका अमृतकुमार गुरुङ र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका ई.कमलेन्द्रलाल कर्णलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले सचेत, इमान्दार, बफादार, पारदर्शी एवम् जवाफदेही भएर काम गर्नुपर्ने बताए ।

Loading...

Related News

मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

काठमाडौं, ३० कात्तिक । सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी