तिहारमा नेपाल प्रहरीको यस्तो रणनीति : अपराध शुन्य समाज, देउसीमा कडाई

42 Hits

काठमाडौं, २० कात्तिक ।
नेपालीहरुको दोश्रो मुख्य चाड तिहारमा नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरेको छ । दशैंमा अपनाईएको सुरक्षा योजनाबाट उत्साहित प्रहरीले तिहारमा पनि अपराध शुन्य गराउने विश्वासका साथ विशेष योजना ल्याएको हो ।


सुरक्षाको कारण देखाउँदै प्रशासनले तिहारका वेला बेलुका १० बजेपछि उपत्यकामा देउसी–भैलो खेल्न रोक लगाएको छ । देउसी–भैलोको नाममा आपराधिक गतिविधि हुन सक्ने भन्दै प्रहरीले विशेष अप्रेसन पनि चलाएको छ ।
प्रहरीले दसैँको दुई साताअघिदेखि नै चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा काठमाडौं उपत्यकामा चाडपर्वमा चोरी र लुटपाटजस्ता अपराधका घटना नगन्य मात्रै भए ।

तिहारमा बेलुका देउसी–भैलो खेल्दा अरूलाई बाधा हुने, झै–झगडा तथा आपराधिक घटना हुन सक्ने भएकाले १० बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । ‘विगतमा देउसी खेल्ने बहानामा चोरी भएका घटना पनि छन्,’ उनी भन्छन्, ‘खासगरी बेलुकाको समयमा देउसे–भैलीको आवरणमा आपराधिक सोचले हिँडेका हुन सक्छन्, यसमा सचेत हुनुपर्छ ।’

तिहारमा आर्थिक कारोबार धेरै हुने स्थानहरुमा प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रहरीले खासगरी बैंक र सुनचाँदी पसलहरूमा सतर्कता अपनाएको बताएको छ  । लक्ष्मीपूजाको दिन गहना किन्ने चलनसमेत भएकाले पसलमा भिड हुने र चोरी तथा लुटपाट हुन सक्ने आकलन गरी ती क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको बतायइको छ । यस्तै, भिडभाड हुने क्षेत्र र सार्वजनिक यातायात तथा व्यस्त बजारलाई प्रहरीले सुरक्षा प्राथमिकतामा राखेको छ ।

तिहारमा आतसवाजी गर्न पनि प्रहरीले बन्देज गरेको छ । प्रहरीले कडाइ गरेपछि अहिले पटाका पड्काउने काममा केही कमी आएको छ तर पूरै नियन्त्रण हुन सकेको छैन । पटका पड्काउँदा यसबाट आगो लाग्ने, बालबालिकाको कानमा गम्भीर असर पर्न सक्छ । पड्काउने क्रममा हात पोल्ने गरेका घटना पनि धेरै छन् । साथै मुटुसम्बन्धी रोगीलाई पनि यसले असर गर्ने कारण पटका पड्काउन बन्देज लगाएको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले समाजलार्य सभ्य र सुरक्षीत गर्न जुवा तासमा पनि निषेध गरेको छ । प्रहरीले जुवातासविरुद्ध पनि विशेष अप्रेसन चलाएको काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिएका छन् । शनिबार मात्र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू जुवा खेलिरहेको अवस्थामा भक्तपुरबाट पक्राउ परेका थिए।

Loading...

Related News

मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

काठमाडौं, ३० कात्तिक । सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी