तिहारभर कार्यालय नछाड्न कूलमानले दिए निर्देशन, लोडसेडिंग नहुने पक्का

57 Hits

काठमाडौं, २० कार्तिक ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा कुनै पनि कर्मचारीले कार्यालय नछाड्न निर्देशन दिएका छन् ।
लोडसेसेडिंगलाई सदाको लागि अन्त्य गर्ने अभियानका साथ अगाडि वढेका घिसिंगले तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ उक्त निर्देशन दिएका हुन् ।

उनले नेपाल विद्युत् प्राधिकरणका कुनै पनि कर्मचारीलाई कार्यालय नछोडन कडा निर्देशन दिएको एक कर्मचारीले बताए । तिहारमा माग अनुसारको बिद्युत प्राधिकरणले उपलब्ध गराउन सक्ने बताउदै उनले प्राविधिक समस्या समाधान गर्नको लागि पनि कर्मचारीहरुलाई कार्यालय नछोडन निर्देशन दिएका तिनले बताए ।

नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न घिसिंगले निर्देशन दिएका हुन् ।

प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ ।

सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले तिहारमा विद्युत्को अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ ।

Loading...

Related News

कसरी सक्यो विद्युत प्राधिकरणले १ अर्ब खुद नाफा कमाउन ?

रमेश लम्साल काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी