सरकार पुनःगठन गर्ने सम्भावना छैन, कार्यक्षमता बढाउने मात्रै हो : प्रचण्ड

115 Hits

विराटनगर,  १९ कात्तिक–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको बताएका छन् ।

पार्टीको आयोजनामा भएको शुभकामना तथा चियापानमा सहभागि हुन विराटनगर आएका पुर्व प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गरेका हुन् ।
सरकारको लोकप्रियता घटेको हो कि भन्ने प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको उनको स्पष्टोक्ति थियो ।

उनले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको पनि बताएका छन्। प्रचण्डले बुटबलमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले अब गति बढाउने बताएका थिए ।अध्यक्ष प्रचण्डले सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीमा भोलि आउनसक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको बताए । केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझाव अनुसारनै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उनले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिए ।

Loading...

Related News

प्रचण्डलाई अमेरिकामा उच्च सम्मान, सरकारले दियाे नाे इन्भेष्टिगेशन अादेश

काठमाडौं, ६ चैत – नेकपा अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकामा उच्च सम्मान गरिएको छ ।…

साँस्कृतिक प्रतिराेध दिवस : के भएको थियाे अनेकाेटमा ?

काठमाडौं , ५ चैत – अनेकोटका महान् सहिदहरू लाल सलाम ! याे नारा अाजकै दिन हत्या गरिएका ७ जना कलाकारकाे…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी