थुप्रै अान्दाेलनका नेता थिए तुलाधर

42 Hits

-श्याम श्रेष्ठ –
पद्मरत्न तुलाधर नेपाली पद्मरत्न तुलाधर नेपालमा चिनाइराख्नु पर्ने नाम होइन । उहाँको नाम लिनासाथ एकसाथ थुप्रै आन्दोलन अन्योन्याश्रित ढंगले जोडिन आइपुग्छन् ।

भाषा आन्दोलन होस् वा जनजाति आन्दोलन, नागरिक आन्दोलन् होस् वा मानव अधिकार आन्दोलन, पंचायत कालमा संसदभित्र चलेको बहुदलीयताको लागि आन्दोलन होस् वा संसद बाहिर सडकमा पञ्चायती ब्यवस्था समाप्त पार्न भएको संयुक्त जनआन्दोलन, पद्मरत्न तुलाधरको नाम र काम ती सबै आन्दोलन र प्रक्रियासित छुट्ट्याउनै नमिल्ने गरी जोडिन आइपुग्छ ।

माओवादीले सशस्त्र संघर्ष थालेपछिको नेपालमा त्यस्तो कुनै शान्ति वार्ता वा शान्ति प्रक्रिया भएन जसमा मध्यस्थकर्ता वा सहजकर्ताको रुपमा पद्मरत्न तुलाधरको अहं भुमिका नभएको होस् ।
अझ, नेपालमा भाषा आन्दोलन र जनजाति आन्दोलनको इतिहास र पद्मरत्न तुलाधरको जीवनको इतिहास नङ र मासु झैँँ अभिन्न र पर्यायवाची देखिन्छन् । अहिले आएर समावेशी समानुपातिकता एउटा महत्वपूर्ण सिद्घान्तका रुपमा नेपालको नयाँ संविधानको प्रस्तावनामै अंकित गरिएको छ ।

नेपालमा बसोवास गर्ने सबै नागरिकलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्ने हक हरेक नागरिकको मौलिक हकमा रुपमा मान्यता प्राप्त भएको छ । नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा भएका छन् । देशभरि आर्थिक, राजनीतिक मात्र होइन, सांस्कृतिक स्वायत्तता प्राप्त सातवटा प्रदेशहरू निर्मित भएका छन् । ती प्रदेशले नेपाली भाषाका अतिरिक्त एक भन्दा बढी अन्य मातृभाषालाई समेत प्रदेश स्तरको सरकारी कामकाजको भाषा तोक्ने अधिकार पाएका छन् । मन्त्री परिषदको निर्णयबाट नेपाल सम्वत राष्ट्रिय सम्वतका रुपमा रुपान्तरित भएको छ ।

नेपाल सम्वत चलाउने शंखधर साख्वा राष्ट्रिय बिभूति बनेका छन् । अहिले संविधान, कानुन र नेपाल सरकारका आधिकारिक निर्णयमा अंकित भइसकेका यी सबै कुराहरू तत्कालीन भाषा आन्दोलन र जनजाति आन्दोलनका मुख्य मागहरू थिए । नेपालका सम्पूर्ण अल्पसंख्यक भाषाभाषी र जनजाति तथा मधेशीहरूका लागि यी सबै ऐतिहासिक महत्वका उपलब्धि र अधिकाररू हुन् । यी हकहरू यति ब्यापक पैमानामा नेपाली राजनीति र जनजीवनमा सर्वस्विकार्य ढंगले स्थापित हुनुमा पद्मरत्न तुलाधरको अगुवाइमा नेपालमा दशकौँसम्म चलेको भाषा आन्दोलन र जनजाति आन्दोलनको अहं भूमिका रहेको छ । पाउनु पर्ने सबै पाई सकिएका छैनन् तर जे प्राप्त भएका छन् ती चान्चुने छैनन् ।

सबै कुरामा नेतृत्वदायी योगदानका कारण पद्मरत्न एकजना व्यक्ति मात्र होइन उहाँ आफ्नो जीवनकालमै एउटा संस्थाका रुपमा रुपान्तरित हुनु भएको थियो । उहाँ नेपाल भाषा आन्दोलनको अगुवा मात्र होइन , उहाँ नेपाली समाजको समग्र प्रगतिशील रुपान्तरण, नागरिक आन्दोलन तथा शान्ति प्रक्रियाको एकजना सर्वमान्य अगुवा हुनुभएको थियो । उहाँ अहिलेसम्म पनि कुनै राजनीतिक दलमा आवद्घ हुनु हुन्थेन । तथापि उहाँको सामाजिक योगदान सिंगो राजनीतिक दल वा सामाजिक संस्थाभन्दा कम्ता देखिँदैन ।

एकजना सोझो, सरल र स्वतन्त्र नागरिकले पनि निजी स्वार्थभन्दा माथि उठेर देश र समाजको सेवामा जीवनभर लाग्यो भने उसले देश र समाजको रुपान्तरणका लागि धेरै कुरा गर्नसक्छ र ऊ ठूला राजनीतिक दलका ठूला नेताले समेत शिर झुकाएर सम्मान गर्ने व्यक्ति बन्नसक्छ भन्ने कुराको ज्वलन्त उदाहरण पद्मरत्न तुलाधर हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

आजबाट त्यस्तो महान नागरिक व्यक्तित्व पद्मरत्न तुलाधर हाम्रोबिच रहनु भएन। उहाँप्रति हार्दिक श्रध्दाजलि। शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना।
(श्याम श्रेष्ठ प्रगतिशील रुपान्तरण आन्दोलनका संयाेेेजक)

Loading...

Related News

सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा पद्मरत्न तुलाधरलाई भेटे

काठमाडौं, १५ कात्तिक । नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी