पम्फा जस्तै चलायमान महिला नेता को होला ?

286 Hits

ललितपुर, १७ कात्तिक ।
महिला र पुरुषमा के फरक छ भन्दा पुरुष वढि चलायमान र फुर्तिला भन्ने जवाफ आउने गर्दछ र त्या स्वाभाविक र देखिजानेकै कुरा हो । तर नेकपाकी एक नेतृले यो अनुमान र जवाफलाई चुनौति दिइरहेकी छिन् ।

ललितपुरको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा संघिय सांसदको रुपमा प्रतिनिधित्व गर्ने सांसद तथा नेकपाकी नेतृ पम्फा भुषालले यो अनुमान र मान्यतालाई चुनौति दिएकी हुन् । नेकपाकी स्थायी समिति सदस्य समेत रहेकी सांसद भुषालले आज एकै दिन ८ वटा कार्यक्रममा प्रमूख अतिथिको रुपमा सहभागि मात्रै भइनन् प्रत्येक कार्यक्रममा सम्वोधन भेटघाट र अन्तरक्रियापश्चात सामाजिक संजालमा समाचार समेत पोष्ट गरीन् जुन सामान्य मानिसले गर्ने र भ्याउने काम होइन ।

तत्कालिन नेकपा माओवादीको नेतृको रुपमा जनयुद्धमा सहभागि भएकी भुषाल हालसम्म अविवाहीत छीन् । तर उनको यो जाँगर र फर्ति अविवाहीत भएर मात्रै देखिएको भने होइन । उनी समाजका सबै पुस्तासँग उत्तिकै घुलमिल र अन्तराक्रिया गर्न रुचाउँछीन भने सबै विषयमा ज्ञान राख्दछीन ।

सांसद भुषालकै पोष्ट हर्ने हो भने पनि उनी शनिवारमात्रै एकै दिनमा ८ वटा ठुूला जनसहभागितासहितका कार्यक्रममा प्रमूख अतिथिको रुपमा सहभागि भएकी थिइन् र कार्यक्रममा सम्वोधन गरेर अन्तरक्रियामा भाग लिएर पुरस्कार वितरण र सम्मान लिने र दिनेसम्मका सबै सेडुअल भ्याएकी छीन् ।

उनले शनिवार विहान ७ बजे नै नेकपा ललितपुर महानगर वडा नं २० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमूख अतिथिको रुपमा पहिलो कार्यक्रममा सहभागि भएकी थिइन् भने अन्तिम कार्यक्रम ललितपुर महानगरपालिकाको वडा नं १० मा पर्ने ज्वागलमा रहको बाग्मती कोरिडोरमा अवस्थित पार्कमा महिलाहरुको शुभकामना कार्यक्रममा प्रमूख अतिथि भएर सम्पन्न गरिन् ।
उनले शनिवारका कार्यक्रमबारे यसरी फेसबुकमा लेखेकी छिन् ।

आजको पहिलो कार्यक्रम ललितपुर महानगरपालिका -२० वडा नेकपाद्वारा आयोजित सुभकामना तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बनेर सुरुवात गरियो ।

आजको दोश्रो कार्यक्रम ललितपुर महानगरपालिका -२८ वडा कार्यालय हरिसिद्दीको आयोजनामा गरीएको सम्मान , सुभकामना तथा चियापान कार्यक्रममा प्रमुख अतिथीका रूपमा भाग लीइयो । धन्यबाद आयोजक साथीहरूलाइ बधाई सम्मानित व्यक्तित्वहरूलाई , सुभकामना सबैजनालाई ।

आजको तेश्रो कार्यक्रमका रूपमा ललितपुर महानगरपालिका-२६ सुनाकोठि स्थित समय बचत तथा ऋण सहकारिको ८ औ साधारण सभाको प्रमुख अतिथि बनेर सहभागी बनियो । जनतालाई साहू महाजनकाहा र ठुला बैंकमा धाउन नपर्ने आफ़नो घरदैलोमा आफ़नो आर्थिक कारोबार गर्न सहज गर्ने सहकारीको सफलताको सुभकामना ।

आजको चौथों कार्यक्रम ललितपुर महानगरपालिका -२७ सुनाकोठिको लोटस बचत तथा ऋण सहकारीको आठौ साधारणसभाको प्रमुख अतिथि बनेर सहभागी बनियो ।

आजको पाचौ कार्यक्रम ललितपुर, गोदाबरी नगरपालिका – १२ थेचोमा कार्यरत समाबेसी बहुद्धेसिय सहकारीको दशौ साधारणसभाक़ो प्रमुख अतिथिका रूपमा उद्घाटन गरियो । १० हज़ारबाट सुरु गरेको समबेसी बहूद्देशिय सहकारी १२ करोड़को कारोबार गर्न सक्ने भएकोछ । उत्तररोत्तर प्रगतिको सुभकामना नहुच्छेजीको टीमलाई ।

आजको छैठौ कार्यक्रम ललितपुर क्षेत्र नम्बर – १ प्रतिनिधिसभा सदस्य क। नबराज सिलवालले आयोजना गरेको वहाको निवास गोदावरीमा आयोजित चियापान र सुभकामना कार्यक्रममा । धन्यवाद तथा सुभकामना क. नबराज तथा सवैजनालाई ।

आजको सातौ कार्यक्रम आफनै टोल आदर्श टोल सुधारको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी भईयो । स्थानीय निकाय नभएको बिगतकालमा स्थानीय वडाले गर्ने बिकाशनिर्माणका काम र सामाजिक कार्य गर्ने टोलसुधार समिति स्थानीय निर्वाचित वडा समिति बने पछि पनि बिकाश निर्माण , सरसफाइ र सामाजिक कार्यका निमित प्रभाबकारी बनेकाछन ।धन्यबाद टोलसुधारका नेतृत्व र सम्पूर्ण तोलबासीलाई ।

ललितपुर महानगरपालिका -१० ज्वागलको नजिक बाग्मती कोरिडोरमा अवस्थित पार्क नमूनायोग्य पार्कछ । त्याहा हिडडुल गर्ने , व्यायाम र योगा आदि गर्नेको राम्रो उपस्थिति हुंछ । योगसाधना गर्ने दाजुभाइले तीजमा योगसाधना गर्ने दीदीबहिनीलाई दर खुवाउने र सुभकामना दिने र तिहारमा महिला दीदीबहिनीले पुरुष दाजुभाइलाई सुभकामनादिने र चियापान गराउनु हूंछ । आज दीदीबहिनीले सुभकामना दिने र चियापान गर्ने कार्यक्रम (आजको आठौ कार्यक्रमका रूपमा ) प्रमुख अतिथिका रूपमा सुभकामना आदानप्रदान गरियो ।

Loading...

Related News

साँस्कृतिक प्रतिराेध दिवस : के भएको थियाे अनेकाेटमा ?

काठमाडौं , ५ चैत – अनेकोटका महान् सहिदहरू लाल सलाम ! याे नारा अाजकै दिन हत्या गरिएका ७ जना कलाकारकाे…

सिके राउतकाे पछिल्लो गतिविधिपछि नेकपा प्रवक्ता श्रेष्ठले भने- याे त असह्य भयाे

काठमाडौं, २७ फागुन – सिके राउतले सरकारसंग गरेको ११ बुंदे सम्झौताको उल्लङ्घन गरेकोप्रति नेकपाका प्रवक्ता तथा पुर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी