साउदीमा २२ नेपाली युवा अलपत्र, दुतावासको वेवास्ता, सहयोगको लागि अपील

149 Hits

काठमाडौं, १७ कात्तिक ।
नेपालबाट रोजगारीको लागी साउदी पुगेका २ दर्जन नेपाली युवाहरु अलपत्र परेका छन् । साउदीको दमाम अल खोबर स्थित सिफ सेन्टर नामक कम्पनीमा कार्यरत २२ जना भन्दा वढि नेपाली युवाहरु कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन् ।

कम्पनीले प्रदान गर्ने परिचय पत्र (अकामा) नविकरण नगरिदिएको कारण उनीहरु अलपत्र परेका हुन् । कम्पनीले दिने परिचय पत्र नविकरणको लागि एक वर्ष अगाडिदेखि आग्रह गर्दा पनि कम्पनीले विभिन्न कारण देखाउँदै नवीकरण नगरिदिएपछि उनीहरु नेपाल फर्कन चाहँदा पनि वर्षौंदेखि फर्कन सकेका छैनन् । उनीहरुले परिचयपत्र नविकरणको अभावमा आफूले प्राप्त गर्ने पैसा समेत परिवारलाई नेपाल पठाउन पाएका छैनन् ।

यसरी समस्यामा पर्नेमा लमजुंगका उत्तम रेग्मी, मोरंगका कमल दर्नाल, तनहुँका टुक बहादुर राना र रेग बहादुर आले, गोरखाका विल थापा, भोजपुरका नरेन्द्र कुमार कार्कीलगायतका २ दर्जन युवाहरु रहेका छन् ।

पीडित एक युवाले कम्पनीलाई आग्रह एक गरेको एक वर्ष भन्दा वढि भएको तर भोली भोली भन्दै टार्दै आएपछि नेपाली दुतावासमा समेत सम्पर्क गरेको बताए / उनले नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गरेको तर दुतावासले वेवास्ता गर्दै पुलिसले पक्रिएपछि बल्ल सहयोग गर्न सकिन्छ भन्ने जवाफ दिएपछि आफूहरु झन पीडित बनेको बताए ।

‘दुतावासलाई भन्दाखेरी हामी केही गर्न सक्दैनौं, त्यो कम्पनीको काम हो पुलिसमा पक्राउ परेपछिमात्रै हामी केही गर्न सक्छौं भन्ने गैरजिम्मेवार जवाफ दुतावासबाट आयो’ रुँदै मुलखबरसँग उनले भने-  ‘हामीलाई उद्धार गरिदिनुहोस । हामी हाम्रो देश फर्कन चाहन्छौं ।’
उनी भन्छन् ‘कम्पनीबाट पाउनु पर्ने पैसा बरु छाड्न तयार छौं, हामी देश फर्कन पाऔं ।’
उनीहरुले नेपाल सरकार र सम्वन्धीत सराकारवालाहरुलाई आफ्नो समस्या बुझेर नेपाल फर्कने व्यवस्था मिलाइदिन सहयोगको लागि आग्रह गरेका छन् ।

 

Loading...

Related News

मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

काठमाडौं, ३० कात्तिक । सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी