धानि नसक्नु मन्त्रीको भ्रमण खर्च : चार महिनामा कसले कति गरे खर्च ?

230 Hits

काठमाडौं, १७ कात्तिक-

अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ खर्च भएको  छ ।

सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् । उनले चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

यसैगरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७०, उद्योगमन्त्री मातृका यादवले २ लाख ५ हजार ४ सय, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५० रुपैयाँ सकेका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ९० हजार १ सय, श्रममन्त्री गोकर्ण विष्टले ६२ हजार १ सय रुपैयाँ सरकारी कोषबाट रकम खर्चेका छन् ।

Loading...

Related News

बाढीपीडितलाई तत्काल राहत दिने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं, ३० असार – सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । आइतबार…

मन्त्रीपरिषद् बैठकले गरेका पछिल्ला २१ निर्णयहरु के के हुन् ?

काठमाडौं, १२ असार । मन्त्रीपरिषद्को पछिल्लो बैठकले गरेका २१ निर्णयहरु आज सार्वजनीक गरिएको छ । संचार मन्त्रालयमा आज आयोजित पत्रकार…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का