यी हुन् खुसुखुसु नेपाल छिरेर मान्छे मार्नेहरु, पक्राउ गर्ने कसरी ?

39 Hits

काठमाडौं, १७ कात्तिक

सुनसरीको दक्षिणवर्ती हरिनगरा ४ रामनगर भुटाहा बजारमा अशोज ४ गते मारिएका मौलाना खुर्सिद आलमका हत्याराहरुको प्रहरीले पहिचान गरेको छ ।

हत्याअघि त्यसमा संलग्न व्यक्तीहरु विराटनगरको एक होटलमा बसेको स्रोतले दावि गरेको छ । विराटनगरमा ४ दिन बस्दा हत्याराहरुले उनको गाउँ र बजारमा रेकी गर्दै गरेको सिसिटिभि फुजेटमा देखीएको छ । भारतीय हत्यारा पत्ता लगाउन सरकारले गठन गरेको समिति र विराटनगर प्रहरीले आंशिक सफलता हात पारेको छ ।

खुर्सिदको हत्यापछि भारततर्फ भाग्दै गरेका हत्याराको सिसिटिभि फुटेज फेला परेको छ । सो सिसिटिभिमा देखीएको हुलिया र विराटनगरको होटलमा बस्नेहरुको हुलिया मिल्दो छ । दुवै सिसिटिभि फुटेजमा देखीएको अनुहार मिलेपछि प्रहरीले हत्यारा विराटनगर हुँदै भुटाहा पुगेर हत्या गरेको निष्कर्ष निकालेको छ ।

हत्यारा पहिचान भएपनि प्रहरीलाई हत्यारा पक्राउ गर्न भने सकस छ । नेपालको तर्फबाट हत्याराबारे विवरण र उनीहरुलाई मगाउन भारतीय सरकारसमक्ष अनुरोध गर्नुपर्छ । हत्यारालाई भारतीय पक्षले नेपाल बुझाएमात्र पक्राउ गर्न सकिने अवस्था रहन्छ । तर भारतले यस्तै कामका लागी प्रहरीसम्बद्ध व्यक्ती खटाउने गरेको हुँदा खुर्सिद हत्यारा पक्राउ गर्न असहज भएको हो ।

यसअघि सात बर्षअघि केन्द्रिय कारागारमा युनुस अन्सारीको हत्या गर्न हतियारसहित छिर्दा पक्राउ परेका व्यक्ती मनमित सिहं भाटिया भारतीय सुरक्षाकर्मीद्धारा खटाईएका सार्पसुटर थिए । यस्तै २०६८ अशोज ९ गते हत्या गरिएका इस्लामिक संघका महासचिव फैजान अहमदको हत्यामा पनि यस्तै पेशेवर संलग्न थिए । फैजन हत्यामा भारत उत्तर प्रदेशका आदित्य पल, फहल आलम, बब्बु दीपक संलग्न थिए ।

सञ्चार उद्यमी जमीम शाह, तत्कालिन राप्रपा सांसद मर्जादिलसाद बेगको हत्या पनि यस्तै समुहले गरेको थियो । जुन भारतीय सुरक्षाकर्मी सम्बद्ध हुन्छन् । खुर्सिदको हत्यामा संलग्नको पहिचान भएपनि दुई देश भएको तथा सुरक्षाकर्मीद्धारा नै खटाईएको हुनसक्ने भएका कारण पक्राउ गर्न भने सजिलो छैन् ।-जनआस्थाबाट

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी