कांग्रेसको चियापानमा प्रचण्डले गरे मेलमिलाप र एकताको अपील

64 Hits

काठमाडौं, १६ कात्तिक ।
सत्तारुढ दल नेकपाले चियापान गरेको ६ दिनपछि प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चियापान कार्यक्रम गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको हो ।

सत्तारुढ दल नेकपाले आफ्नो चियापान कार्यक्रम भृकुटिमण्डपमा आयोजना गरेको थियो भने प्रतिपक्षी दल नेपाल कांग्रेसले पार्टी कार्यालय सानेपामा चियापान गरेको हो ।

चियापानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु पुर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागि भएका थिए भने राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पनि चियापानमा सहभागि भएका थिए ।
त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि अतिथिको रुपमा सहभागि भएका थिए ।

त्यसैगरी कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि सहभागि भएका थिए ।

चियापान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको बताए ।
हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पाटर्टीको तर्फबाट अपिल गर्न चाहन्छु’ उनले भने ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सरकार निकै अनुकुल अवस्थामा रहेको भन्दै नेकपाले समयको सदुपयोग गर्न सक्नुपर्ने बताए । अहिलेको स्थिर सरकार बनेको बेला राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतिर जान्छ उनले थपे सरकारले समयको सदुपयोग गर्न सकोस्, कम्युनिस्ट पार्टी नेतृत्वको सरकरा समयको दुपयोग गर्न सक्षम हुनुपर्छ ।

यस अघि नै तय भएको नेपाली कांग्रेसको चियापान कार्यक्रम नेता चक्र वास्तोलाको निधनले पछि सरेको थियो ।

 

Loading...

Related News

गच्छदारलाई महासमितिपछि मात्रै जिम्मेवारी : प्रबक्ता शर्मा

काठमाडौं, २७ कात्तिक । उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् । नेपाली कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी