प्रमोद खरेलले ल्याए यस्तो वियोगान्त गीत (भिडियोसहित)

31 Hits

विराटनगर ।
‘दि भ्वाइस अफ नेपाल’का जज तथा चर्चित गायक प्रमोद खरेलले वियोगान्त गीत सार्वजनिक गरेका छन् । उनको आवाजमा समेटिएको ‘रुँदा सँगै रुन्छु’ बोलको गीत सार्वजनिक भएको हो ।

आधुनिक गीतबाट चर्चा कमाएका गायक खरेल पछिल्लो समय आफूले निर्णायक भूमिका निर्वाह गर्दै गरेको रियालिटी शोमा व्यस्त रहेको भएपनि उनको गीत आउनेक्रम बढ्दो नै छ । व्यस्तताका बाबजुत पनि भर्खरै मात्र उनले ‘सानु माया’ र ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक गरेका थिए ।

यस ‘रुँदा संगै रुन्छु’ बोलको गीतमा सुरज रसाईलीको शब्द रहेको छ भने कमल घोसालीको संगीत भरेका छन् । यस्तै भिडियोतर्फ भने बुद्धवीर थापा र सुशिला देवकोटाले मोडलिंग गरेका छन् । मुकेश हुमाँगाईको छायांकन तथा अविनास डिसीको सम्पादन रहेको यस भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी