जाभी भन्छन्– ‘मेस्सी ४० वर्षसम्म खेल्न सक्छन्’

28 Hits

एजेन्सी,
बार्सिलोनाका पूर्वकप्तान तथा स्टार मिडफिल्डर जाभीले बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ४० वर्षसम्म फुटबल खेल्न सक्ने बताएका छन् । हालसालै स्पेनिस मिडियासँग कुरा गर्दै मेस्सीका पूर्वसहकर्मीसमेत रहेका उनले यस्तो धारणा राखेका हुन् ।

जाभीले मेस्सी प्रतिभाशाली खेलाडी रहेको उल्लेख गर्दै उनले ४० वर्षको उमेरसम्म खेल्न सक्ने विश्वास व्यक्त गरे । ‘मलाई लाग्छ, मेस्सी ३८, ३९ वा ४० वर्षसम्म खेल्न सक्छन्, उनी फरवार्डको भूमिकामा नभएर अन्य भूमिकामा पनि त्यस बेलासम्म खेल्छन् ।’

जाभीले मेस्सी मैदानको जुनै कुनाबाट पनि खेल्न सक्ने खेलाडी रहेको बताउँदै उनलाई पोजिसनले कुनै फरक नपार्ने बताए । ‘मेस्सी मैदानको जुनसुकै क्षेत्रबाट पनि सहजै खेल्न सक्छन्,’ उनले भने, ‘उनलाई मिडफिल्डदेखि रक्षापंक्तिसम्म खेल्ने तरिका थाहा छ ।’

मेस्सीको तारिफमा थुप्रै शब्द खर्चेका जाभीले मेस्सीको तुलना कुनै खेलाडीसँग नहुने दाबी पनि गरे । ‘म यो सधैं भन्छु कि– मेस्सीको तुलना कोहीसँग पनि हुँदैन, उनी अतुलनीय छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी