शरीरमा २२ लाख रुपैयाँ लुकाएर बसमा सवार एक व्यक्ति पक्राउ !

133 Hits

काठमाडौं, १६ कार्तिक ।

शरीरमा २२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित एक जनालाई महानगरीय प्रहरी वृत्त नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीवाग बस्ने मोहम्मद हसीव सिद्दिकी रहेको प्रहरीले जनाएको छ । ३६ वर्षीय हसिवलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसबाट पक्राउ गरिएको हो । सो बसमा सवार उनी चेकजाँचको गर्दा शंकास्पद रुपमा भेटिएपछि खानतलासी गर्दा शरीरमा लुकाएको अवस्थामा सो रकम बरामद भएको हो ।

 

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का