नेपाल प्रहरी र कतार प्रहरीबीच यस्तो भयाे सम्झौता

35 Hits

काठमाडौं, १६ कात्तिक –

विश्ववभर अब्बल प्रहरीकाे रूपमा परिचित नेपाल प्रहरीले कतार प्रहरीसँग महत्त्वपूर्ण सम्झाैता सम्पन्न गरेकाे छ । कतार प्रहरीसँग  सुरक्षामा समन्वयका लागि समझदारी गरेको  जनाईएकाे छ ।

कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन्  ।

उनीहरूबीच भएकाे सम्झाैता अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय गरिनेछ ।

प्रहरी महानिरिक्षक खनालका अनुसार अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान हुने छन् । त्यसैगरी  प्रहरी विज्ञ तथा विषशेज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरूको आदानप्रदान गर्ने एवम् उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्ने लगायतका विषय पनि  समझदारीमा  परेका छन् ।

कतार प्रहरीसँग भएकाे सम्झौताले कतारमा रहेका नेपालीको सुरक्षा र अपराध नियन्त्रणमा पनि विशेष भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Loading...

Related News

नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरको एकैदिन सरुवा, को कहाँ ?

काठमाडौं, १ मंसीर नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत…

आइजिपी खनाल दुबईमा, यस्ता छन् भ्रमणका एजेण्डा

काठमाडौं, १ मंसीर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युनाइटेड अरव इमिरेटसको दुवई प्रस्थान गरेका छन् । दुबईमा इन्टरपोल महासचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी