पढौं आज (कात्तिक १६)का मुख्य समाचारहरु

36 Hits

काठमाडौं, १६ कात्तिक

आज २०७५ कात्तिक १६ गते शुक्रबार तद्नुसार २ नोभेम्बर २०१८ । आज राष्ट्रपति विद्या देबी भण्डारीले  कतार भ्रमणबाट स्वदेश फर्कदा विमानस्थलमा भएको भव्य स्वागत र परराष्टमन्त्रीले भ्रमण उपलव्धीमूलक र सफल भएको धारणा व्यक्त गरेको समाचारदेखि प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइ आज डिस्चार्ज हुन सक्ने समाचारहरु प्रमूख प्राथमीकताका साथ प्रकाशीत गरिएका छन् ।

त्यसैगरी प्रदेश ३ का भौतिक योजना मनत्री र मुख्यमन्त्रीको विवादपछि मन्त्री न हटाउने तयारी भएको समाचारदेखि जनकपुर क्षेत्र विकास समितिमा भएको करोडौंको भ्रष्टाचार पछि पदाधिकारी पक्राउ परेको समाचार पनि छन् । त्यसैगरी कन्चनपुरकी बालीका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन वित्दा पनि हत्यारा र दोष पत्ता लाग्न नसकेपछि अनशनको तयारी भएको समाचारले पनि प्राथमीकता पाएका छन् ।

लौ पढौं आजका मुख्य समाचारहरु के के छन् ?

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ७६ लाख ‘भ्रष्टाचार’ / ओशो तपोवनबाट सरकारले फिर्ता लियो ३७ रोपनी वनक्षेत्र / (प्रधानमन्त्रीको स्वास्थ्य सुध्रिँदै, भोलि शनिबारसम्ममा डिस्चार्ज हुने- नेपालको अवस्था विगतभन्दा सन्तोषजनक तर अरुभन्दा पछि स्विश्वबैंक –  नेपालले हिजोको भन्दा राम्रो गरेर पुग्दैन, अरुको भन्दा राम्रो गर्नुपर्छः विश्व बैंक

प्रदेश मन्त्रिपरिषद् बैठकमा केशव स्थापितको ‘अराजक’ व्यवहार रभन्छन् –मेरो स्वरै ठूलो छ / केशब स्थापितलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको तयारी

इन्डोनेसियामा गत सोमबार समुद्रमा खसेको विमानको एउटा ब्लाक बक्स भेटियो/ टर्कीको दाबीः खशोग्जीको घाँटी थिचेर हत्या गरियो, शव टुक्राटुक्रा पारियो/ सिरियामा भेटियो १५ सय बढीको सामूहिक चिहानरअनुसन्धान जारी / कोलकाताको एक एयरपोर्टमा उड्नै लागेको जहाजसँग ठोक्कियो पानीको ट्याङ्कर/ भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई आजीवन जेल सजायको फैसला सुनायो / रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउन सुरु गरिने रबंगलादेश र म्यानमार दुवै सहमत/

पोखरा एयरपोर्ट निर्माणमा भारतको अवरोध रआकासी मार्गको स्वीकृति दिएन/ बेलायतका बैज्ञानिकहरु द्वारा कुकुरबाट मलेरिया पत्ता लगाउने विधि सार्वजनिक/ बढ्दो भ्रष्टाचारले अस्पतालहरुको अवस्था दयनिय/ धनकुटामा औषधि खरिदमा पौने ४ लाखको भ्रष्टाचार, कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडामा भएको माओवादी हमलामा तीनजना मारिए / राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन /

२० वर्ष पुराना सार्वजनिक सवारी साधन संचालन पुन संचालनमा आउन सक्ने / बुटवलमा रातभरी होटल खोल्न नदिए अदालत जाने चेतावनी / दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ/ अवैधरुपमा यूएई जान खोज्ने महिला पक्राउ, दूतावासको गलत ‘स्पेलिङले खुल्यो पोल / नक्कली भूकम्पपीडितलाई पैसा फिर्ता गर्न तीन महिने म्याद, बनेका घर नभत्काइने

केशव स्थापितमाथि रश्मिलाको आरोप झूठो रहेको महानगरपालिकाको दावी/ ३६ अर्ब लगानीमा चिनियाँले बनायो धुवाँरहित सिमेन्ट उद्योग

(देउवा र पौडेलको बेमेल कायमै, तीन सातापछि भेट हुँदा देखिएन हार्दिकता/ जापान जान चाहनेका लागि अनलाइनबाटै भाषा परीक्षा दिन पाउने /तपोवनलाई दिइएको ३७ रोपनी वन क्षेत्र फिर्ता / थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १७ प्रतिशत काम सकियो

टीकापुरमा सुकुम्वासीका नाममा डेढ सयद्वारा निजी जग्गा कब्जा प्रयास/ विश्वभरि मच्चिँदै आइरहेको ‘मी टू’ अभियान अहिले नेपालमा पनि छिर्न खोज्दै/ सीटीइभीटीको सम्बन्धन बन्द गर्न सरकारी कार्यदलको सुझाव / संगठनात्मक संरचनाका कारण ५० प्रतिशतभन्दा बढी निजामति कर्मचारी केन्द्रमै

गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्यायलाई नहटाउन सर्बोच्चको आदेश/ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ/ उर्जामा सकारात्मक परिणाम दिने प्रयासमा उर्जामन्त्री पुन/ डेढ करोड भ्यूज पुगेपछि ुचङ्गा चेटुले काट्यो केक, संगीतकारलाई दियो ५० हजार

श्रोत- अनलाईन र पत्रिकाहरु

Loading...

Related News

मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

काठमाडौं, ३० कात्तिक । सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी