जिन्दगी र सपना – मनऋषि धिताल

150 Hits

– मनऋषि धिताल-

सपनाहरुले निदाउन दिदैनन
बिपनाहरुले सुत्न दिदैनन,
रात ढलेर बिहानको बिन्दु सुरुभो
योजनाका पहाडहरुले अझै बिश्राम दिदैनन.

कहिले बिगतकालागि बधाई
कहिले भबिष्यको सुभकामना
जीवनमा उपहार पनि थरिथरिका
सद्भावका तौलहरुले आराम दिदैनन

बधाई, सुभकामना र सद्भावको पैरो मुनि
बिपनाहरु फेरी अधुरा जन्मन्छन
सपनाहरु फेरी अपुरा ब्युझनछन
घृणा र तिरस्कारका मिसाइलले घाइते बर्तमान
जिम्मेवारीको भारि बोकेर फेरी जुरुक्क उठ्छ
र , लमक लमक दौडनछ
अथवा, जिन्दगि नामको उपग्रह
फिरफिरे बनाएर फेरी लखेटिञ्छ .

ए ! जिन्दगि
कहिले काही तिमि आधारात चम्कनछौ
आफुलाई चन्द्रमा सम्झी
फेरी पुरै रात निदाउन बिर्सन्छौ
झिसमिसे पछिको उज्यालोमा पनि
आफ्नो अनुहार अध्यारो देखेपछि
चन्द्रमा झैँ फेरी कुलेलम ठोक्छौ
अकाश्गंगाको कुन अध्यारो कुनामा ?

ए जीवन !
फेरी तिमि सुन्दर उपहार हौ
त्यो जीवनको लागि यो जीवन
यो जीवनको लागि त्यो जीवन
पृथ्बीको लागि चन्द्रमा जस्तै
चन्द्रमाका लागि पृथ्बी जस्तै
पृथ्बी कहिले देखि नब्युझेको होला ?
चन्द्रमा कहिले देखि नसुतेको होला ?
म सपनाबाट नब्युझे जस्तै
मलाइ सपनाले निदाउन नदिए जस्तै.

पृथ्बी र चन्द्रमा
एकले अर्कालाई हेर्दाहेर्दै
साएद यीनले निदाउन बिर्से
सपना र बिपना
एकले अर्कोलाइ पर्खिदा पर्खिदै
साएद यिनले ब्युझिन बिर्से .

सपनाहरुले निदाउन दिदैनन
बिपनाहरुले ब्युझन दिदैनन
रात ढलेर बिहानको बिन्दु सुरुभो
कल्पनाका पर्बतहरुले अझै बिश्राम दिदैनन.

(जनादेश साप्ताहिकका पुर्व सम्पादक धिताल हाल अष्ट्रेलियामा  पत्रकारितामा छन्)

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी