राष्ट्रपति आज आउँदै, प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, को को जान्छन् स्वागतमा ?

81 Hits

काठमाडौं, १५ कात्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । यता अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री के पी ओलीको स्वास्थ्यमा थप सुधार भएको छ ।


मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा जानुभएको थियो भने प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के पी शर्मा ओली छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत सरकारी उच्च अधिकारीहरूले भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न स्थान र सम्पदाको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति कतार भ्रमणमा जाने क्रममा विमानस्थलमा भएको विदाईमा प्रधानमन्त्री अस्वस्थ हुनुभएकाले सहभागि हुन सक्नुभएको थिाएन । उहाँको स्वागतमा विमानस्थलमा जाने चाहना प्रधानमन्त्री ओलीले राख्नुभएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको हुनाले यहाँ विमानस्थलमा जाने सम्भावना रहेको भएता पनि निश्चित नभइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपचारमा टोलीका संयोजक प्रा. डा अरुण सायमीले प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीको स्वागतमा कार्यवाहक राष्ट्रपति समेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, सरकारका मन्त्रीहरु र विशिष्ट पदाधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाने कार्यक्रम रहेको छ ।

Loading...

Related News

दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’

उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुहुँदै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ Loading...…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी