होसियार ! कसिलो ब्रा लगाउँदा ‘क्यान्सर’ हुन्छ

190 Hits

काठमाडौं, १५ कात्तिक ।
तपाई कस्तो ब्रा लगाउनुहुन्छ ? कत्तिको टाइट वा खुकुलो ब्रा मन पराउनुहुन्छ ? ब्रा ले स्तनलाई सुरक्षा मात्रै गर्दैन यसको आकारलाई समेत आवश्यकता अनुसार कम वा वढि बनाइदिन सक्छ । सानो स्तन हुने महिलाले स्तनको आकार ठूलो देखाउन र ठूलो स्तन हुने महिलाले स्तनको आकार सानो देखाउन पनि ब्रा को प्रयोग गरेको पाइन्छ ।

ब्रा कहिले लगाउने त्यो पनि ख्याल पुर्याउनुपर्दछ । राती सुत्ने बेलामा ब्रा लगाउनु स्वास्थ्यको लागि हानीकारक रहेको अध्ययनले देखाएको छ भने पसिना आइरहेको बेलामा ब्रा लगाउनु पनि स्वास्थ्यको लािग घातक हुने विज्ञहरुले बताएका छन् ।

धेरै कस्सीएको ब्रा लगाउँदा स्तनको आकार त मिलेको देखिएला तर यसबाट थुप्रै बेफाइदा हुने गर्छ । कतिपय रोगको कारण समेत ब्रा हुने गरेको चिकित्सकले बताएका छन् ।

हेर्नुस के के बेफाइदा छन् कस्सीएको ब्रा लगाउँदा ?

-धेरै कस्सिएको ब्रा लगाउँदा छातीमा रक्त संचालन सहज हुन पाउँदैन । फलस्वरूप टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।

-लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।

-ब्रा का कारणले क्यान्सर जस्तो संवेदनशील रोग समेत लाग्ने खतरा रहेको बताइएको छ । स्तन विभिन्न लिम्फ भेसल नामक तन्तु र नशाहरु मिलेर बनेको हुन्छ । कसिलो ब्राल ले ती नशा र तन्तुहरुमा रक्त संचार असहज भई ट्युमर हुने र त्यो ट्युमर अन्ततः क्यानसरमा परिणत हुने अध्ययनले देखाएको छ ।

– नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।

-गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।

– एक शोधअनुसार महिलाको छातीसँग जोडिएको पीडा प्रायः कस्सिएको ब्रासँग सम्बन्धित छ ।

-राति सुत्ने बेलामा ब्रा लगाउनु हुँदैन ।

Loading...

Related News

अस्पताल होस् त सिभिल जस्तो !

काठमाडौं, ३१ असार । सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको मनमा फोहोर, अव्यवस्थित र भीडभाडको तस्बिर आइहाल्छ। केही अस्पताल भने तपाईंहामीले सोचेभन्दा…

पेट घटाउन यसाे गर्नुस् !

काठमाडौं, ३ असार । प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का