आयो तिहार, भाइटिकाको उत्तम साइत २३ गते विहान ११ः५५ मा

54 Hits

काठमाडौ, १५ कात्तिक ।
नेपालीहरुको महान चाडको रुपमा रहेको अर्को चाड तिहार छिट्टै शुरु हुँदैछ । दाजुभाई दिदीवहिनीबीचको प्रगाढ मायाको प्रतिविम्व मानिने तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । यस वर्षको तिहारको मुख्यदिन भाइटिका कात्तिकको २३ गते परेको छ । ५ दिनसम्म यमराजको विभिन्न नामले पुजा गरिने यस पर्वलाई यम पञ्चक पनि भन्छि ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरिन्छ भने कसैले बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते गोवर्द्धन पूजा जसलाई गोरु तिहर पनि भनिन्छ परेको छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । जुन दिन तिहारको मुख्य दिन पनि हो । दिदी बहिनीले दाजु भाइलाई टिका लगाइदिने भएकाले यसको नाम भाइटिका भनिएको हो ।
यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी