नेपाली भाषा अतिक्रमित भयाे, बचाउन लागाैं : कावा. राष्ट्रपति पुन

36 Hits
काठमाडौँ,  १४ कात्तिक  ।
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले विदेशी भाषालाई बढावा दिँदा नेपाली  राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको बताउनुभएको छ ।   यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने उहाँको धारणा छ  ।
 
नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गर्नुभएका अवसरमा आयोजित अभिनन्दन समारोहमा उहाँले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताउनुभयो ।
 
कावा राष्ट्रपति पुनले भन्नुभयो, “नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।”
 
कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उहाँका कृति कालजयी र अमर रहेको उल्लेख गर्नुभयो । कावा राष्ट्रपतिले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गर्नुभएको थियो ।
 
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको शुरुआत गरेको स्मरण गर्नुभयो ।
 
वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उहाँका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव दिनुभयो ।
 
कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहनुभएका राष्ट्रकवि घिमिरेले मुलुकका लागि गर्नुभएको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पार्नुभएको थियो ।  (रासस) 
Loading...

Related News

syndicate is chrime : Home minister Thapa

Beni, 13 Nov – Home Minister Ram Bahadur Thapa has said that the government was working to end syndicate in…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी