चौतारामा नि:शूल्क स्वास्थ्य शिविर, स्थानीय खुशी

133 Hits

चौतारा,  कार्तिक ।

सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो ।

नगरपालिकाका मेयर अमानसिंह तामाङले शिविरकाे उद्घघाटन गर्दै   जिवनको पहिलो शर्त नै स्वस्थ जीवन रहेको बताए । उनले भने, ‘आफू रहे संसार रहन्छ । संसार रहे मात्र सम्पत्ति, परिवार र साथीभाइ रहन्छन् । त्यसैले आफू रहनका लागि पहिलो पाइला भनेकै स्वास्थ्य हो, त्यसैले शिविरको आयोजना गरेका हौं ।’

शिविरमा नगर उपप्रमुख जानुका पराजुलीले महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको बताइन् । पराजुलीले भनिन्, ‘हामीकहाँ अहिले पनि रोगले च्यापेपछि मात्र अस्पताल जाने चलन छ । ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण आवश्यक ठानेर शिविरको आयोजना गरेका हौं । तयसले थोरै भए पनि बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौं ।’

पराजुलीले शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘शिविरको समन्वय गरी दिएकोमा थाहा फाउण्डेशन पोखरालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उपमेयर पराजुलीले भनिन्, ‘प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र बीपी कोइराला क्यान्सर अस्पतालप्रति आभार प्रकट गर्दछु ।’

कार्यक्रममा थाहा फाउण्डेशनकी अध्यक्ष सरु दाहाल अधिकारीले थाहा फाउण्डेशनले साँगाचोकमा स्वास्थ्य शिविरको समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै फाउण्डेशनका सदस्य तथा बिपी मेमोरियल क्यानसर अस्पतालका डा. किशोर प्रधानङ्गले क्यान्सरको लक्षण देखिने बित्तिकै उपचार गर्न सबैलाई आग्रह गरे ।

शिविरमा महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो । छातिमा गिर्खा देखिने पुरुषहरुका लागि पनि स्वास्थ्य उपचारको व्यवस्था गरिएको दाहालले जानकारी दिइन् ।

उपचारपश्चात् सबै बिरामीलाई निशूल्क औषधि उपलब्ध गराएको उपप्रमूख पराजुलीले बताइन् । २ दिनसम्म सञ्चालन हुने शिविर मंगलबार जिल्लाको चौतारामा सञ्चालन भइरहेको छ ।

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी