आप्रवासी प्रवेश रोक्न मेक्सीको सिमामा अमेरिकाले ५२ सय फौज पठाउँदै

164 Hits

एजेन्सी
काठमाडौं, १३ कात्तिक ।
अमेरिकाले मेक्सीको हुँदै अमेरिका छिर्ने आप्रवासीलाई रोक्न ५२ सय फौज परिचालन गर्ने भएको छ । मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउन लागेको हो ।

जेनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओटु नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने बताएको बीबीसीले जनाएको छ। त्यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले अतिक्रमणु गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका थिए।

गत एप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा न्याशनल गार्डका २,१०० सदस्य तैनाथ छन्। एक हप्तापछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीहरूको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका बेला सरकारले सो तयारी गरेको हो ।
नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथिको आफ्नो नियन्त्रण डेमोक्र्याट्सको हातमा जान नदिन खोज्नेछ। मेक्सिको हुँदै अघि बढिरहेका आप्रवासीहरू अमेरिकी सिमानादेखि अझै करिब १,६०० किलोमिटर पर रहेको जनाइएको छ ।

जेनरल ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी अस्त्र, हेलिकप्टर, हवाईजहाज, सुरक्षा तारवारसहित यसै हप्ताको अन्त्यतिर फौज परिचालन गरिने बताए। अमेरिकी सीमा सुरक्षासम्बन्धी निकाय कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन (सीबीपी) का आयुक्त केभिन म्याकएलिनानले पनि सोमवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त जानकारीको पुष्टि गरेका थिए । उनले आप्रवासीहरूलाई अमेरिकी सीमासम्म आइपुग्न अझै कैयौँ हप्ता लाग्न सक्ने बताए।

सिमानामा पठाइने फौजको सङ्ख्याबारे गरिएको अनुमानभन्दा धेरै बढी सङ्ख्यामा पठाउन लागिएको उनले बताएका छन् । यसअघि आठ सय फौज पठाइने अनुमान गरिएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार सिमानामा फौजको सङ्ख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको भन्दा बढी हुनेछ।

सोमवार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, दक्षिणी नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य र केही नराम्रा मानिस पनि मिसिएका छन्। कृपया तपाईँहरू फर्किनुस्, कानूनी प्रक्रियाबाट नआएसम्म तपाईँहरूलाई अमेरिकामा प्रवेश दिइने छैन।’

Loading...

Related News

नेकपा अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि…

ट्रम्पको घोषणाका विपक्षमा मतदान, ट्रम्प भन्छन् -भिटो लगाउँछु

न्युयोर्क, ३० फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोष्णाका विपक्षमा माथिल्लो सदनमा मतदान भएको छ । संसदको माथिल्लो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी